पदमपोखरीका जनकलाल वाईबाको उपचारका लागि सहयोग संकलन

हेटौंडा । साउदी अरबको आभास्थित फिदाक रोड कन्स्ट्रक्सन कम्पनीमा कार्यरत हेटौंडा–१३ पदमपोखरी निवासी जनकलाल वाईबा कार्यस्थलमा दुर्घटनामा परेपछि उपचार खर्च जुटाउन हेटौंडाका युवाहरूले सहयोग संकलन गरेका छन्।

स्थानीय अनिल बसेलसहितका युवाहरूको टोलीले हेटौंडाका विभिन्न चोक, चौतारा र सडकमा सांगीतिक प्रस्तुतीमार्फत आर्थिक संकलन गर्दै रु २५,००० (पच्चिस हजार रुपैयाँ) जुटाएका हुन्। संकलित रकम जनक लाल वाइबाको घरमै पुगी उनकी श्रीमती कृष्णमाया वाइबालाई हस्तान्तरण गरिएको बसेलले बताए ।

सहयोग संकलन कार्यक्रममा स्थानीय गायक दिलिप लामा स्याङ्तानले सांगितिक प्रस्तुति दिईरहेका छन् । वाइबाको स्वास्थ्य अवस्था जटिल रहेको र पूर्ण रूपमा निको हुन अझै केही महिना लाग्ने श्रीमती कृष्णमायाले जानकारी दिएकी छिन्। सहयोगी टोलीले वाइबाको स्वास्थ्य अवस्थाबारे बुझ्दा थप उपचारका लागि थप आर्थिक सहयोग आवश्यक पर्ने देखिएको छ।

“सेवा नै धर्म हो” भन्ने भावनाका साथ युवाहरूले सानो सहयोगले पनि ठूलो परिवर्तन ल्याउन सक्ने भन्दै सबैलाई सहयोगका लागि आह्वान गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.