Day: २०८२ बैशाख १४, आईतवार २२:१८ गते

पदमपोखरीका जनकलाल वाईबाको उपचारका लागि सहयोग संकलन

पदमपोखरीका जनकलाल वाईबाको उपचारका लागि सहयोग संकलन

हेटौंडा । साउदी अरबको आभास्थित फिदाक रोड कन्स्ट्रक्सन कम्पनीमा कार्यरत हेटौंडा–१३ पदमपोखरी निवासी जनकलाल वाईबा कार्यस्थलमा दुर्घटनामा परेपछि उपचार खर्च जुटाउन हेटौंडाका युवाहरूले सहयोग संकलन गरेका छन्। स्थानीय अनिल बसेलसहितका युवाहरूको टोलीले हेटौंडाका विभिन्न चोक, चौतारा र सडकमा सांगीतिक प्रस्तुतीमार्फत आर्थिक संकलन गर्दै रु २५,००० (पच्चिस हजार रुपैयाँ) जुटाएका हुन्। संकलित रकम जनक लाल वाइबाको घरमै पुगी उनकी श्रीमती कृष्णमाया वाइबालाई हस्तान्तरण गरिएको बसेलले बताए । सहयोग संकलन कार्यक्रममा स्थानीय गायक दिलिप लामा स्याङ्तानले सांगितिक प्रस्तुति दिईरहेका छन् । वाइबाको स्वास्थ्य अवस्था जटिल रहेको र पूर्ण रूपमा निको हुन अझै केही महिना लाग्ने श्रीमती कृष्णमायाले जानकारी दिएकी छिन्। सहयोगी टोलीले…
Read More
हेटौँडाबाट खैरो हेरोईनसहित ३ जना पक्राउ

हेटौँडाबाट खैरो हेरोईनसहित ३ जना पक्राउ

मकवानपुर । मकवानपुरको हेटौँडाबाट खैरो हेरोइन जस्तो देखिने लागुऔषधसहित तीन जना पक्राउ परेका छन्। वैशाख १२ गते दिउँसो २ बजे प्रहरी चौकी चौकीटोल मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका वडा नं. १ स्थित त्रिभुवन राजपथ सडकखण्डमा सवारी साधन चेकजाँच गर्ने क्रममा उक्त लागुऔषध बरामद गरेको हो। ना १ ह १५२८ नम्बरको अटोमा सवार हेटौंडा ११ निवासी २७ वर्षीय सुमन गुरुङ र वडा नं. १ निवासी २० वर्षीय बुद्धीमान थिङलाई शंका लागि खानतलासी गर्दा उनीहरुको साथबाट ५०० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ। सोधपुछ गर्दा ती पदार्थहरु हेटौंडा १ लालझाडी निवासी ३२ वर्षीय सुरेश तामाङबाट खरिद…
Read More
हेटौंडा-६ मा बाँदर प्रभावित किसानलाई बेसारको बीउ वितरण

हेटौंडा-६ मा बाँदर प्रभावित किसानलाई बेसारको बीउ वितरण

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ स्थित नौलो बिहानी कृषि सहकारी संस्थाले आफ्नो १६औँ स्थापना दिवसको अवसरमा शेयर सदस्य किसानहरूलाई बेसारको बीउ वितरण गरेको छ। हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा बादरले प्रभावित क्षेत्रका किसानलाई सहायताका लागि बीउ वितरण गरिएको हो। वडा नम्बर ६ का अध्यक्ष विष्णु बहादुर दाहालको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा ३५ जना किसानलाई १० देखि ४० केजीसम्म बेसारको बीउ वितरण गरिएको हो। कार्यक्रममा बोल्दै वडा अध्यक्ष दाहालले बाँदर आतंकका कारण अन्य बाली उत्पादनमा समस्या भएकाले बेसार खेतीलाई प्रवर्द्धन गर्न उपमहानगरले सहयोग गरेको बताए। उनले टनेल खेती र बीउ प्रवर्द्धनमा समेत वडाले विशेष योजना अघि सारेको जानकारी दिए। संस्थाका…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.