हेटौँडाबाट खैरो हेरोईनसहित ३ जना पक्राउ

मकवानपुर । मकवानपुरको हेटौँडाबाट खैरो हेरोइन जस्तो देखिने लागुऔषधसहित तीन जना पक्राउ परेका छन्। वैशाख १२ गते दिउँसो २ बजे प्रहरी चौकी चौकीटोल मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका वडा नं. १ स्थित त्रिभुवन राजपथ सडकखण्डमा सवारी साधन चेकजाँच गर्ने क्रममा उक्त लागुऔषध बरामद गरेको हो।

ना १ ह १५२८ नम्बरको अटोमा सवार हेटौंडा ११ निवासी २७ वर्षीय सुमन गुरुङ र वडा नं. १ निवासी २० वर्षीय बुद्धीमान थिङलाई शंका लागि खानतलासी गर्दा उनीहरुको साथबाट ५०० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

सोधपुछ गर्दा ती पदार्थहरु हेटौंडा १ लालझाडी निवासी ३२ वर्षीय सुरेश तामाङबाट खरिद गरेको बताएका थिए। त्यसपछि प्रहरीले सुरेश तामाङलाई समेत नियन्त्रणमा लिएर खोजतलासी गर्दा उनले जमिनमा खाल्डो खनी लुकाइ राखेको अवस्थामा थप ६ ग्राम ८९० मिलिग्राम लागूऔषध फेला पारेको छ।

प्रहरीले उक्त लागूऔषध बरामद गरी तीनै जनालाई नियन्त्रणमा लिई लागुऔषध सम्बन्धी मुद्दामा अनुसन्धानका लागि मकवानपुर जिल्ला अदालतबाट १० दिनको म्याद लिएको जनाएको छ। हाल घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.