श्याम प्रसाद शर्मा स्मृती प्रतिष्ठानको अध्यक्षमा सूर्यचन्द्र न्यौपाने

मकवानपुर । श्याम प्रसाद शर्मा स्मृती प्रतिष्ठानको पाँचौँ साधारण भेला तथा दोस्रो अधिवेशन हेटौँडा–१० टोनी हेगन पार्कमा बिहीबार सम्पन्न भएको छ । राजनैतिक, सामाजिक तथा साहित्यिक क्षेत्रका व्यक्तिहरूको उपस्थितिमा  प्रतिष्ठानका आजीवन सदस्यहरूबीच भएको भेलाले सूर्यचन्द्र न्यौपानेको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्माण गरेको छ । बाँकी ४ सदस्यहरू भने संस्थाको बैठकले मनोनित गर्नेछ । 

सर्वसहमतिमा निर्वाचित नयाँ कार्यसमितिमा उपाध्यक्ष इन्द्र प्रसाद नेपाल र पुरुषोत्तम आचार्य, महासचिव सुवास खनाल , सचिव भरत दुलाल, कोषाध्यक्ष शुभलक्ष्मी विक, सदस्यहरू ऋषिराम पोखरेल, अरुण खतिवडा, अनिता न्यौपाने, सन्तोष पौडेल , शान्ति प्रियवन्दना, रामबहादुर थापा र रामबाबु खतिवडा चयन भएका छन् ।

प्रमुख वक्ताका रुपमा बामपंथी नेता केदार न्यौपाने रहेको भेलामा सल्लाहकारहरू प्रेम बहादुर पुलामी छिन्तु, मुनु सिग्देल ,नेकपा एमाले जिल्ला अध्यक्ष श्रीधर पोखरेल , हेउनपा वडा नं. १० अध्यक्ष फुर्वादोर्जे लामा लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सदस्य ऋषिराम पोखरेलले राखेका थिए । साधारण सभामा संस्थाका सचिव सुवास खनालले प्रस्तुत गरेको कार्यप्रगति प्रतिवेदन र कोषाध्यक्ष राम बहादुर थापाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पनि पारित गरिएको थियो ।

नवनियुक्त अध्यक्ष सूर्यचन्द्र न्यौपानेले आफूले बनावटी ठूला योजना नबनाएको र संस्थाको भेलामा प्रस्तुत योजनाहरूलाई निष्ठापूर्वक अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.