२०८१ माघ १८, शुक्रबार ०८:४६ गते
२०८१ माघ १८, शुक्रबार ०८:४६ गते
मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ हात्तिगौँडास्थित बुद्ध माविको खेल मैदानमा जारी प्रथम हेटौंडा–१२ वडा अध्यक्ष कप खुल्ला पुरुष भलिबल प्रतियोगिता अन्तर्गत बिहीबार भएका खेलहरुमा वडा नम्बर १२, ६ र १७ विजयी भएका छन् । बिहीबार भएको पहिलो खेलमा हेटौंडा १२ ले हेटौँडा १३ लाई ३–१ को सेटमा पराजित गरेको थियो । वडा नम्बर १२ ले २०–२५, २५–१०,२५–१९ र २५–१२ को सेटमा जीत निकालेको हो । खेलकोम्यान अफ द म्याच हेटौंडा १२ का उत्सब आले मगर भएको संयोजक मनोज लामा स्याङ्तानले जानकारी दिए । त्यस्तै बिहीबार नै भएको दोश्रो खेलमा हेटौंडा ६ ले हेटौंडा १५ लाई ३–० सेटमा…