चन्द्र घलान

10 Posts
हेटौँडामा डा. टोनी हेगन स्मृति पार्कको उद्घाटन

हेटौँडामा डा. टोनी हेगन स्मृति पार्कको उद्घाटन

मकवानपुर । नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउन योगदान पुर्‍याउने तथा हेटौँडा शहरको परिकल्पना गर्ने स्विस नागरिक डा. टोनी हेगनको सम्झनामा निर्माण गरिएको डा. टोनी हेगन स्मृति पार्क उद्घाटन गरिएको छ। हेटौँडा उपमहानगरपालिकाको सहयोगमा हेटौँडा-१०, टिसिएन क्षेत्रमा निर्मित यो स्मृति पार्कको उद्घाटन हेटौँडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा, टोनी हेगन फाउन्डेसनका अध्यक्ष तथा हेगनकी छोरी डा. क्याट्रिन हेगन तथा पूर्व नगर प्रमुख हरीबहादुर महतले संयुक्त रूपमा गरेका हुन् । स्मृति पार्क हेटौँडा-१०, नेत्रज्योति टोलको १ बिगाहा ४ कठ्ठा १७ १/२ धुर क्षेत्रफलमा फैलिएको छ। पार्क निर्माणको गुरुयोजना अनुरुप थप संरचनाहरू विकास गर्ने काम जारी रहेको छ। टोनी हेगन नेपालका लागि मात्र…
Read More
प्रथम हेटौँडा–१२ वडाअध्यक्ष कप भलिबल प्रतियोगिता: वडा नम्बर १२, ६ र १७ विजयी

प्रथम हेटौँडा–१२ वडाअध्यक्ष कप भलिबल प्रतियोगिता: वडा नम्बर १२, ६ र १७ विजयी

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ हात्तिगौँडास्थित बुद्ध माविको खेल मैदानमा जारी प्रथम हेटौंडा–१२ वडा अध्यक्ष कप खुल्ला पुरुष भलिबल प्रतियोगिता अन्तर्गत बिहीबार भएका खेलहरुमा वडा नम्बर १२, ६ र १७ विजयी भएका छन् । बिहीबार भएको पहिलो खेलमा हेटौंडा १२ ले हेटौँडा १३ लाई ३–१ को सेटमा पराजित गरेको थियो । वडा नम्बर १२ ले २०–२५, २५–१०,२५–१९ र २५–१२ को सेटमा जीत निकालेको हो । खेलकोम्यान अफ द म्याच हेटौंडा १२ का उत्सब आले मगर भएको संयोजक मनोज लामा स्याङ्तानले जानकारी दिए । त्यस्तै बिहीबार नै भएको दोश्रो खेलमा हेटौंडा ६ ले हेटौंडा १५ लाई ३–० सेटमा…
Read More
मकवानपुरमा ४ जना पत्रकारहरुको उम्मेदवारी फिर्ता

मकवानपुरमा ४ जना पत्रकारहरुको उम्मेदवारी फिर्ता

मकवानपुर । नेपाल पत्रकार महासंघ मकवानपुरको आसन्न चुनावमा मनोनयन दर्ता गराएका ४ जना पत्रकारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले आज एक सूचना जारी गर्दै ४ जना पत्रकारहरुले उम्मेदवारी फिर्ता लिएको जानकारी दिएको हो । जिल्ला शाखाका अनुसार अध्यक्ष पदमा उम्मेदवारी दिएका शिवकुमार रिजाल (काशी), उपाध्यक्ष (खुला) पदका उम्मेदवार रविन्द्र गौतम, सचिव (खुला) पदका अशोक सुजन श्रेष्ठ र सदस्य (खुला) पदका मन्जिता मैनाली (मञ्जु) ले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । उनीहरुले राजीखुशीले उम्मेदवारी फिर्ता लिएको नेपाल पत्रकार महासंघ मकवानपुर जिल्ला शाखा निर्वाचन समितिले जनाएको छ । उम्मेदवारी दर्ता गराएका अन्य उम्मेदवारहरुमाथि कुनै दाबी विरोध…
Read More
हेटौँडा १२ फुटबल प्रतियोगिताको फाईनलमा आज ऋषेश्वर र सुनौलो भिड्दै

हेटौँडा १२ फुटबल प्रतियोगिताको फाईनलमा आज ऋषेश्वर र सुनौलो भिड्दै

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ दोस्रो टोल विकास स्तरीय नकआउट फुटबल प्रतियोगिताको फाईनल खेल आज हुँदैछ । आज हुने फाईनल खेलमा ऋषेश्वर टोल विकास संस्था र सुनौलो टोल विकास संस्था भिड्ने आयोजकले जनाएको छ । सेमिफाईनलमा परिवर्तनशिल टोल विकास संस्थालाई १–० गोल अन्तरले पराजित गर्दै ऋषेश्वर फाईनलमा पुगेको थियो । त्यस्तै सेमिफाईनलमा भिडेको सुनौलो टोल विकास संस्था र श्रृजनशिल टोल विकास संस्थाबिचको टिम रोकिएपछि टसमार्फत फाईनलमा पुग्ने टिम फाईनल गरिँदा सुनौलो टोल विकास संस्था फाईनलमा पुग्न सफल भएको थियो । आज हुने फाईनल खेल दिउँसो १ बजे हुने ऋषेश्वर टोल विकासका खेलाडी विनायक घलानले जानकारी दिए । ऋषेश्वर…
Read More
हेटौँडा १२ फुटबल प्रतियोगिताः फाईनलमा आयोजक ऋषेश्वर टोल विकास संस्था

हेटौँडा १२ फुटबल प्रतियोगिताः फाईनलमा आयोजक ऋषेश्वर टोल विकास संस्था

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ दोस्रो टोल विकास स्तरीय नकआउट फुटबल प्रतियोगिताको फाईनलमा ऋषेश्वर टोल विकास संस्था पुग्न सफल भएको छ । मंगलबार भएको सेमिफाईनल खेलमा परिवर्तनशिल टोल विकास संस्थालाई १–० गोल अन्तरले पराजित गर्दै ऋषेश्वर फाईनलमा पुगेको हो । खेलको म्यान अफ दि म्याच ऋषेश्वर टोल विकास संस्थाका साजन पाख्रिन घोषित भएका थिए । बुधबार हुने फाईनल खेलमा ऋषेश्वरले सुनौलो टोल विकास संस्थासँग फाईनल भिडन्त गर्नेछ । खेल दिउँसो १ बजे हुने ऋषेश्वर टोल विकासका खेलाडी विनायक घलानले जानकारी दिए । यसअघि सेमिफाईनलमा भिडेको सुनौलो टोल विकास संस्था र श्रृजनशिल टोल विकास संस्थाबिचको टिम रोकिएपछि टसमार्फत फाईनलमा…
Read More
बुद्ध मोक्तान र मनिषा सुनारको आवाजमा ‘सुन्दर हेटौँडा’ सार्वजनिक

बुद्ध मोक्तान र मनिषा सुनारको आवाजमा ‘सुन्दर हेटौँडा’ सार्वजनिक

मकवानपुर । गायक बुद्ध मोक्तान र गायिका मनिषा सुनारको आवाजमा ‘सुन्दर हेटौँडा’ बोलको गीत सार्वजनिक भएको छ । गायक बुद्ध मोक्तानकै युट्युब च्यानलमार्फत गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । गीतमा मकवानपुर जिल्लाको सदरमुकाम तथा बागमती प्रदेशको राजधानी हेटौँडाको ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पर्यटकीय स्थलहरुको चर्चा गरिएको छ । हेटौँडा १७ हटिया निवासी गायक मोक्तानले आफु जन्मेको स्थानका बारेमा निक्कै सुन्दर शब्दहरु कोरेका छन् । गीतको म्युजिक भिडियोमा मकवानपुरगढी दरबार, शहिद स्मारक, गुम्बा डाँडा, दारको ठेकी, हेटौँडा बजार, जुरेथुम पर्यटकीय पार्क, पुष्पलाल पार्क, मनकामना, भैरवडाँडा, पाथिभरा, भुटनदेवी, चुरियामाई लगायतका पर्यटकीय, ऐतिहासिक तथा साँस्कृतिक र धार्मिक क्षेत्रहरुको चर्चासँगै सुन्दर दृश्यहरु समावेश…
Read More
हेटौँडामा चलचित्र ‘ग्याल्बो राजा’ को प्रचार प्रसार तिव्र पारिँदै

हेटौँडामा चलचित्र ‘ग्याल्बो राजा’ को प्रचार प्रसार तिव्र पारिँदै

मकवानपुर । तामाङ भाषा र नेपाली भाषामा बनेको चलचित्र ‘ग्याल्बो राजा’ टिमले प्रदर्शनका लागि प्रचार प्रसार तिव्र पारेको छ । नेपालका विभिन्न हलहरुमा विशेष शो गरिसकेको यो चलचित्र असोज १७ गतेदेखि १९ गते ३ दिनसम्म मकवानपुरको हेटौँडामा अवस्थित ओम्याक्स सिनेमा हलमा विशेष प्रदर्शन हुँदैछ । चलचित्रको प्रचार प्रसारका लागि अहिले चलचित्र टिम नै लागिपरेको छ । चलचित्रकी नायिका तथा प्रस्तुतकर्ता संगिता तितुङका अनुसार चलचित्रको प्रचार प्रसारका लागि अहिले हेटौँडाको ओम्याक्स हल तथा विभिन्न सवारी साधन र स्थानहरुमा चलचित्रको पोष्टर टाँसिएको छ । साथै विभिन्न संचार माध्यमबाट पनि यसको प्रचार प्रसारको क्रम तिव्र पारिएको छ । चलचित्रको विशेष प्रदर्शन बारे थप…
Read More
तामाङ चलचित्र ‘ग्याल्बो राजा’ हेटौँडाको ओम्याक्स हलमा ३ दिन प्रदर्शन हुने

तामाङ चलचित्र ‘ग्याल्बो राजा’ हेटौँडाको ओम्याक्स हलमा ३ दिन प्रदर्शन हुने

मकवानपुर । तामाङ भाषा र नेपाली भाषामा बनेको चलचित्र ‘ग्याल्बो राजा’ मकवानपुरको हेटौँडामा अवस्थित ओम्याक्स सिनेमा हलमा ३ दिन प्रदर्शन हुने भएको छ । चलचित्रका कार्यकारी निर्माता तथा कलाकार किताब सिं घलान (किरण) का अनुसार चलचित्र असोज १७ गतेदेखि १९ गतेसम्म प्रदर्शन गरिन लागिएको हो । कार्यकारी निर्माता घलानका अनुसार ओम्याक्स हलमा तामाङ भाषामा चलचित्र प्रदर्शन हुनेछ । हरेक दिन बिहान ८ः३० बजेको पहिलो शोमा चलचित्र प्रदर्शन हुनेछ । उनका अनुसार दर्शकहरुले निर्माण टोली तथा हलबाट पनि शोका लागि टिकट लिन सक्नेछन् । अङ्ग्रेजीमा ‘किङ इज किङ’ नाम राखिएको यो चलचित्रको नेपाली भर्सन भने २०८१ कात्तिक ९ अर्थात अक्टोबर २५…
Read More
बिमल र सुश्मीको आवाजमा ‘हजार जुनीसम्म’ सार्वजनिक

बिमल र सुश्मीको आवाजमा ‘हजार जुनीसम्म’ सार्वजनिक

मकवानपुर । गायक तथा संगीतकार बुद्ध मोक्तानको संगीतमा ‘हजार जुनीसम्म’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक बिमल स्याङ्तान र गायिका सुश्मी स्याङ्तानको आवाज रहेको छ । बिमल स्याङ्तानको शब्द समावेश गीतमा बुद्ध मोक्तानको संगीत रहेको छ । गीतलाई विष्णु तामाङले एरेञ्ज गरेका हुन् । गीतलाई दिपकराज विश्वकर्माले मिक्सिङ मास्टरिङ गरेका छन् । गायक मोक्तानको युट्युब च्यानलमार्फत सार्वजनिक भएको गीतको म्युजिक भिडियोमा आयुश्मा कार्की र मनिश मोक्तानले अभिनय गरेका छन् । म्युजिक भिडियोलाई समिर थोकरले निर्देशन गरेका हुन् । म्युजिक भिडियो शुशिल डाँगीको छायाँकन र सम्पादनमा तयार भएको हो । हेर्नुहोस् म्युजिक भिडियो–
Read More
प्रकाश ताामाङको ‘गोरी–गोरी नक्कली’ सार्वजनिक

प्रकाश ताामाङको ‘गोरी–गोरी नक्कली’ सार्वजनिक

मकवानपुर । मकवानपुरे गायक प्रकाश तामाङको ‘गोरी–गोरी नक्कली’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा उनलाई बेलिनाले साथ दिएकी छिन् । गायक प्रकाश तामाङकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको गीतमा गायक तामाङ र सुरज तितुङको शब्द र संगीत रहेको छ । गीतलाई दिपेश प्रधानले मिक्सिङ मास्टरिङ गरेका छन् । गीतको म्युजिक भिडियोमा समिर तामाङ र बेलिनाको अभिनय रहेको छ । विक्रम लुङ्वाको छायाँकन तथा कोरियोग्राफी रहेको म्युजिक भिडियोमा रामेश्वर हुमागाईँको सिनेम्याटोग्राफी रहेको छ । म्युजिक भिडियोलाई राकेश दाहालले सम्पादन गरेका छन् । हेर्नुहोस् भिडियो–
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.