प्रथम हेटौँडा–१२ वडाअध्यक्ष कप भलिबल प्रतियोगिता: वडा नम्बर १२, ६ र १७ विजयी

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ हात्तिगौँडास्थित बुद्ध माविको खेल मैदानमा जारी प्रथम हेटौंडा–१२ वडा अध्यक्ष कप खुल्ला पुरुष भलिबल प्रतियोगिता अन्तर्गत बिहीबार भएका खेलहरुमा वडा नम्बर १२, ६ र १७ विजयी भएका छन् ।

बिहीबार भएको पहिलो खेलमा हेटौंडा १२ ले हेटौँडा १३ लाई ३–१ को सेटमा पराजित गरेको थियो । वडा नम्बर १२ ले २०–२५, २५–१०,२५–१९ र २५–१२ को सेटमा जीत निकालेको हो । खेलकोम्यान अफ द म्याच हेटौंडा १२ का उत्सब आले मगर भएको संयोजक मनोज लामा स्याङ्तानले जानकारी दिए ।

त्यस्तै बिहीबार नै भएको दोश्रो खेलमा हेटौंडा ६ ले हेटौंडा १५ लाई ३–० सेटमा पराजित गरेको छ । ६ नम्बर वडाले २५–२३,२५–२२ र २५–२२ को सेटमा जित निकालेको हो । खेलको म्यान अफ द म्याच हेटौंडा ६ का विवेक माझी भएका थिए ।

त्यस्तै बिहीबार नै भएको तेश्रो खेलमा हेटौंडा १७ले हेटौंडा १९ लाई ३–० सेटमै पराजित गरेको थियो । वडा नम्बर १७ ले २५–२२,२५–१७ र २५–१८ को सेटमा जित निकालेको हो । खेलको म्यान अफ द म्याच हेटौंडा १७ का विशेष थापा मागर भएका थिए ।

बिहीबार हेटौंडा १७ का वडा अध्यक्ष उद्धव सत्याल, हेटौंडा १२ का कार्यबाहक वडा अध्यक्ष ज्ञान बहादुर श्रेष्ठ,टासी तेर्लिङ गोन्पाका प्रमुख पुण्यसिद्धि रुम्बा लगायतको आतिथ्यता रहेको थियो । शुक्रबारको खेल बिहान ८ बजेदेखि सुरु भएको छ ।

यसअघि बुधबार भएको उद्घाटन खेलमा हेटौंडा–११ ले हेटौंडा–१९ लाई पराजित गर्दै विजयी भएको थियो । त्यस्तै दोस्रो खेलमा हेटौंडा–१२ ले हेटौंडा–६ लाई हराएको थियो । पहिलो खेलमा हेटौंडा–११ का निश्चल राना मगर र दोस्रो खेलमा हेटौंडा–१२ का कुशल लो म्यान अफ द म्याच घोषित भएका थिए ।

हेटौंडा उपमहानगरपालिका वडा नं. १२ को सहयोग र हेटौंडा–१२ खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता भएको हो । प्रतियोगितामा हेटौंडा नगरपालिकाका १९ वटा वडामध्ये ७ वटा वडाले सहभागिता जनाएका छन्। प्रतियोगिताको विजेता टिमले नगद ५० हजार रुपैयाँ, उपविजेता टिमले नगद ३० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । साथै, विधागत उत्कृष्ट खेलाडीलाई विशेष पुरस्कार प्रदान गरिने संयोजक स्याङतानले जानकारी दिए । प्रतियोगिता माघ १९ गतेसम्म सञ्चालन हुनेछ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.