मकवानपुर । नेपाल पत्रकार महासंघ मकवानपुरको आसन्न चुनावमा मनोनयन दर्ता गराएका ४ जना पत्रकारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले आज एक सूचना जारी गर्दै ४ जना पत्रकारहरुले उम्मेदवारी फिर्ता लिएको जानकारी दिएको हो ।
जिल्ला शाखाका अनुसार अध्यक्ष पदमा उम्मेदवारी दिएका शिवकुमार रिजाल (काशी), उपाध्यक्ष (खुला) पदका उम्मेदवार रविन्द्र गौतम, सचिव (खुला) पदका अशोक सुजन श्रेष्ठ र सदस्य (खुला) पदका मन्जिता मैनाली (मञ्जु) ले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । उनीहरुले राजीखुशीले उम्मेदवारी फिर्ता लिएको नेपाल पत्रकार महासंघ मकवानपुर जिल्ला शाखा निर्वाचन समितिले जनाएको छ ।
उम्मेदवारी दर्ता गराएका अन्य उम्मेदवारहरुमाथि कुनै दाबी विरोध नभएकोले उनीहरुको उम्मेदवारी यथावत रहेको पनि समितिले जनाएको छ । नेपाल पत्रकार महासंघको मंसिर २८ गते शुक्रबार हुने निर्वाचनमा देशैभरका पत्रकारहरुले मतदान गर्दैछन् । मकवानपुर शाखाका लागि ४ जना उम्मेदवारहरु अध्यक्ष पदमा प्रतिस्पर्धा गर्दैछन् ।