मकवानपुर । गायक तथा संगीतकार बुद्ध मोक्तानको संगीतमा ‘हजार जुनीसम्म’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक बिमल स्याङ्तान र गायिका सुश्मी स्याङ्तानको आवाज रहेको छ ।
बिमल स्याङ्तानको शब्द समावेश गीतमा बुद्ध मोक्तानको संगीत रहेको छ । गीतलाई विष्णु तामाङले एरेञ्ज गरेका हुन् । गीतलाई दिपकराज विश्वकर्माले मिक्सिङ मास्टरिङ गरेका छन् ।
गायक मोक्तानको युट्युब च्यानलमार्फत सार्वजनिक भएको गीतको म्युजिक भिडियोमा आयुश्मा कार्की र मनिश मोक्तानले अभिनय गरेका छन् । म्युजिक भिडियोलाई समिर थोकरले निर्देशन गरेका हुन् । म्युजिक भिडियो शुशिल डाँगीको छायाँकन र सम्पादनमा तयार भएको हो । हेर्नुहोस् म्युजिक भिडियो–
प्रतिकृया दिनुहोस्