हेटौँडा–११ मा ‘एक जिल्ला एक स्वास्थ्य कार्यक्रम’ अन्तर्गत वडा स्तरीय अभिमुखीकरण सम्पन्न

हेटौँडा । जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरको आयोजनामा हेटौँडा उपमहानगरपालिका–११ मा ‘एक जिल्ला एक स्वास्थ्य कार्यक्रम’ अन्तर्गत वडा स्तरीय समिति बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

वडा अध्यक्ष जुना दाहालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वास्थ्यसम्बन्धी नीति, योजना तथा स्थानीय स्तरमा कार्यक्रम कार्यान्वयनका विषयमा छलफल गरिएको थियो। कार्यक्रममा हेटौँडा उपमहानगरपालिका स्वास्थ्य विभाग (जनस्वास्थ्य शाखा) प्रमुख सूर्य प्रसाद तिवारीले सहजीकरण गर्दै कार्यक्रमको उद्देश्य, कार्ययोजना तथा अपेक्षित उपलब्धिबारे जानकारी गराएका थिए।

कार्यक्रममा गोपिनी सापकोटा, गीता सुनार, गोकर्ण प्रसाद पराजुली, सूर्य प्रसाद तिवारी, सिम्रन के.सी., प्रिन्स दाहाल, देवकुमार श्रेष्ठ, मीना कुमारी तथा शर्मिला ढकाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममार्फत स्थानीय तहमा स्वास्थ्य सेवाको पहुँच वृद्धि, समन्वय सुदृढीकरण तथा समुदायस्तरमै प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.