हेटौंडामा बजाजको इभी अटो लन्च

हेटौंडा / १० वर्षदेखि ३ पाङ्ग्रे अटोका बेस्ट सेलर होराइजन अटो प्रालिले हेटौंडामा wego Ev अटो लन्च गरेको छ ।

होराइजन अटो प्राली बजाज शोरुमले समयको माग र ग्राहकको सुबिधालाई मध्य नजर गर्दै Ev अटो लन्च गरेको होराइजन अटो प्रालिका संस्थापक संचालक लालकाजीरत्न बज्राचार्यले जानकारी दिए ।

हेटौंडामा प्रालीका संस्थापक संचालक राजुरत्न बज्राचार्य , लालकाजीरत्न बज्राचार्य, अटो ब्यवसायी बिपिन पाण्डे , मनोज लामिछानेको उपस्थितिमा wego Ev अटो लन्च गरिएको हो । ७ लाख ९९ हजार ९ सय मुल्य रहेको अटो ४० देखि ५० प्रतिशत डाउन पेमेन्ट ० प्रतिशत ब्याजदर र सरल फाइनान्स सुबिधा रहेको पालीले जनाएको छ ।

अटो बिक्रेतामा संसारकै १ नम्बर बिक्रेता बजाजको यो प्रस्तुति अत्याधिक बजार लिने प्रालीको दाबी छ । ३ वर्ष सम्म वारेन्टी रहेको अटोको पार्टस सजिलै पाइने , सर्भिस र चार्जिङग सरल हुने जनाइएको छ ।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.