राप्रपा मकवानपुर क्षेत्र नं. १ ‘ख’ मा सापकोटा निर्वाचित

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुर जिल्ला प्रतिनिधि सभा क्षेत्र नं. १ ‘ख’ अन्तर्गतको दोस्रो क्षेत्रीय अधिवेशन शनिबार हेटौंडा–४ स्थित बालकुमारी पार्टी प्यालेसमा सम्पन्न भएको छ।

अधिवेशनबाट देवनारायण सापकोटा क्षेत्रीय अध्यक्षमा निर्वाचित भएका छन्। अधिवेशनले सापकोटाको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति चयन गरेको छ। बैठकले आगामी दिनमा दुई उपाध्यक्ष, एक सचिव, एक कोषाध्यक्ष र एक सहसचिव तोक्ने जानकारी दिइएको छ। सापकोटा यसअघि पार्टीको स्थानीय संयोजकको भूमिकामा सक्रिय रहिसकेका छन्।

अधिवेशनको उद्घाटन समारोह पूर्व अध्यक्ष उमेश थापाको सभाध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रतिनिधि सभा सदस्य दीपक बहादुर सिंह सहभागी भएका थिए। साथै, राप्रपा केन्द्रीय सदस्यहरू, स्थानीय नेताहरू, र कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै सांसद सिंहले आफू मकवानपुरवासी जनताको मतबाट निर्वाचित भएको स्मरण गर्दै जनताको सेवा नै आफ्नो प्रमुख उद्देश्य रहेको स्पष्ट पारे। उहाँले भने, “म जनताको सेवाका लागि यो ठाउँमा पुगेको हुँ। लोकतन्त्रको आत्मा भनेकै जनताको सेवा हो।”

सिंहले पार्टी संगठनलाई बलियो बनाउँदै विकास निर्माण र जनअपेक्षा सम्बोधनमा आफू पूर्ण प्रतिबद्ध रहेको बताए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.