हेटौंडा–१५ मा ब्याडमिन्टन कभर्ड हल उद्घाटन, खेल प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ को लगानीमा हेटौंडा–१५ को भोर्लेमा निर्माण सम्पन्न भएको ब्याडमिन्टन कभर्ड हलको उद्घाटन गरिएको छ। स्थानीय तहमै खेल प्रवर्द्धन र शारीरिक स्वास्थ्यलाई सशक्त बनाउने उद्देश्यले निर्माण गरिएको सो पूर्वाधारको उद्घाटन वडाध्यक्ष सुनिल मोक्तानको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

उद्घाटन समारोहमा बोल्दै अध्यक्ष मोक्तानले खेलकुदलाई वडा कार्यालयले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै, आगामी दिनमा हेटौंडा–१५ का अन्य स्थानहरूमा पनि यस्ता खेलमैत्री पूर्वाधार विस्तार गरिने जानकारी दिए। “स्वास्थ्य र अनुशासनको जग खेलकुद नै हो,” उनले भने, “स्थानीय युवाहरूलाई खेलतर्फ आकर्षित गर्न यस्ता संरचनाले उत्प्रेरणा दिनेछ।”

कार्यक्रममा स्थानीय खेलाडी, युवाहरू र समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले नयाँ कभर्ड हलले स्थानीय स्तरमा ब्याडमिन्टन खेलको विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।

उद्घाटनसँगै उक्त कभर्ड हल सर्वसाधारणका लागि सञ्चालनमा ल्याइएको छ। अब त्यहाँ नियमित अभ्यास र प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गरिने वडाले जानकारी दिएको छ।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.