हेटौंडा । लागुऔषध खैरो हेरोइनसहित मकवानपुर प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले २०८२ असार ४ गते साँझ ६ बजे विशेष सूचनाका आधारमा हेटौंडा उपमहानगरपालिका–४, फरेष्टी गेट अगाडिको क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा हेटौंडा–४ कमलडाँडा बस्ने ४२ वर्षीय अनुप कुमार रुम्बा र सोही स्थानका ३३ वर्षीय मणी लामा रहेका छन्। शंकास्पद रूपमा बसेको अवस्थामा भेटिएका उनीहरूको खानतलासी गर्दा ०.७७० ग्राम (७७० मिलिग्राम) खैरो हेरोइन जस्तो देखिने लागूऔषध फेला परेको प्रहरीले जनाएको छ।
बरामद लागूऔषधसहित दुवैजनालाई नियन्त्रणमा लिई लागूऔषध (खैरो हेरोइन) सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान र कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
प्रतिकृया दिनुहोस्
























