वडा अध्यक्ष न्यौपानेमाथि भएको आक्रमणप्रति नेकपा (एकीकृत समाजवादी)को कडा विरोध

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष सविन न्यौपानेमाथि भएको दुर्व्यवहारप्रति नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), मकवानपुरले गम्भीर आपत्ति जनाएको छ।

२०८२ साल असार ४ गते दिउँसो ३:४० बजेको समयमा केही उच्छृङ्खल व्यक्तिहरूको समूहले अध्यक्ष न्यौपानेमाथि हातपात गर्नुका साथै कालो मसो दलिएको घटनाले लोकतान्त्रिक मूल्य–मान्यतालाई नै चुनौती दिएको भन्दै नेकपा (एकीकृत समाजवादी) मकवानपुर जिल्ला कमिटीले कडा शब्दमा निन्दा गरेको छ।

जिल्ला अध्यक्ष विष्णु प्रसाद दाहालद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा घटनाप्रति गहिरो खेद व्यक्त गर्दै यसमा संलग्न दोषीहरूको तत्काल पहिचान गरी कानुनी कारबाही गर्न माग गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “उक्त घटनाले जनप्रतिनिधिको सम्मानमा आघात पुगेको छ र यस्तो कार्य लोकतन्त्रको मर्यादाविपरीत रहेकोले यसको छानबिन गरी दोषीलाई कारबाही गरिनुपर्छ।”

पार्टीले यस घटनालाई अस्वीकार्य भन्दै यस्ता अराजक गतिविधि पुनः नदोहोरिन दिन सुरक्षा संयन्त्रलाई पनि कडाइ गर्न आग्रह गरेको छ। हेर्नुहोस् प्रेस विज्ञप्ति–

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.