हेटौँडाका पुडासैनीद्वारा कुखुराको चल्ला वितरण

हेटौंडा । हेटौंडा ११ का व्यवसायी प्रभाकर पुडासैनीले १२० घरधुरीलाई उन्नत जातको हबर्ड कुखुराको चल्ला वितरण गरेका छन् ।

हेटौंडा ११ स्थित सिमलटारमा अवस्थित सिमलटार युवा क्लबका अध्यक्ष समेत रहेका ‘पुडासैनी पोल्ट्री फर्म’का संचालक पुडासैनीले सिमलटार सहयोगी समाजमाआवद्ध सदस्यहरुलाई लक्षितगरि चल्ला वितरण गरेको बताए ।

सिमलटारको खेल मैदान निर्माण, खेलाडी उत्पादन लगायत विभिन्न सामाजिक कार्यमा सक्रियता देखाएका युवा व्यवसायी पुडासैनीले विपन्नहरुको आयअर्जनमा आफ्नो सानो लगानी होस् भन्ने उद्देश्यले चल्ला वितरण गरेको बताए ।

पुडासैनी सिमलटार टोल विकास संस्था का सल्लाहकार समेत हुन् ।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.