Day: २०८२ असार ३, मंगलवार १८:५१ गते

हेटौँडाका पुडासैनीद्वारा कुखुराको चल्ला वितरण

हेटौँडाका पुडासैनीद्वारा कुखुराको चल्ला वितरण

हेटौंडा । हेटौंडा ११ का व्यवसायी प्रभाकर पुडासैनीले १२० घरधुरीलाई उन्नत जातको हबर्ड कुखुराको चल्ला वितरण गरेका छन् । हेटौंडा ११ स्थित सिमलटारमा अवस्थित सिमलटार युवा क्लबका अध्यक्ष समेत रहेका ‘पुडासैनी पोल्ट्री फर्म’का संचालक पुडासैनीले सिमलटार सहयोगी समाजमाआवद्ध सदस्यहरुलाई लक्षितगरि चल्ला वितरण गरेको बताए । सिमलटारको खेल मैदान निर्माण, खेलाडी उत्पादन लगायत विभिन्न सामाजिक कार्यमा सक्रियता देखाएका युवा व्यवसायी पुडासैनीले विपन्नहरुको आयअर्जनमा आफ्नो सानो लगानी होस् भन्ने उद्देश्यले चल्ला वितरण गरेको बताए । पुडासैनी सिमलटार टोल विकास संस्था का सल्लाहकार समेत हुन् ।
Read More
सिमलटारमा जुत्ता बनाउने तालिम समापन

सिमलटारमा जुत्ता बनाउने तालिम समापन

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ स्थित सिमलटारमा संचालित ७ दिने जुत्ता बनाउने तालिमको समापान गरिएको छ । सिमलटार टोल विकास संस्थाको आयोजना र हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडाको आर्थिक सहयोगमा ढाका, मलमलको कपडाबाट जुत्ता बनाउने तालिम दिइएको थियो । तालिममा सिमलटारका २० जना महिलाहरुको सहभागिता रहेको थियो । सिमलटार टोल विकास संस्थाका अध्यक्ष देवकृष्ण थोकरको सभाध्यक्षतामा भएको समापन कार्यक्रममा कार्यक्रमकी प्रमुख अतिथी वडाध्यक्ष जुना दाहालले तालिममा सहभागीहरुलाइ प्रमाणपत्र वितरण गरेकी थिइन् । समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि दाहालले सीप सिकेर मात्र यत्तिकै नछाड्ने , सिपलाइ पेशामा रूपान्तरण गरे मात्र आयआर्जन हुने भन्दै जानेको सिपलाइ जिवनयापनसँग जोड्न सुझाव दिइन्…
Read More
हेटौँडामा ४ तालिमहरु सम्पन्न, प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण

हेटौँडामा ४ तालिमहरु सम्पन्न, प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण

हेटौंडा । उद्योग तथा वाणिज्य कार्यालय, बागमती प्रदेश सिटीइभिटी र हेटौंडा उपमहानगरपालिकाको सहयोगमा सञ्चालित विभिन्न तालिमहरू सोमबार सम्पन्न भएका छन्। समापन कार्यक्रम बागमती प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री एकालाल श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको छ। ३० दिने विशेष तालिमहरू हेटौंडा गार्मेन्ट उद्यमी समूह, सूर्यमणि प्राविधिक शिक्षालय र हाम्रो प्रशिक्षण सेवा तालिम केन्द्रको आयोजनामा प्रदान गरिएको हो। उद्योग तथा वाणिज्य कार्यालयको आर्थिक सहयोगमा सञ्चालित तालिमहरूमा एड्भान्स बुटिक सिलाइ, ढाका कपडा बुनाइ र औद्योगिक विद्युत् जडान समावेश थिए। त्यस्तै, बागमती प्रदेश सिटीइभिटीको सहकार्यमा सूर्यमणि प्राविधिक शिक्षालयले सहायक ब्युटिसियन तालिम सञ्चालन गरेको थियो भने हाम्रो प्रशिक्षण…
Read More
हेटौंडामा आदिवासी जनजातिका लागि लोक सेवा तयारी अभिमुखिकरण सम्पन्न

हेटौंडामा आदिवासी जनजातिका लागि लोक सेवा तयारी अभिमुखिकरण सम्पन्न

हेटौंडा । आदिवासी जनजाति समुदायका युवाहरुलाई लोक सेवा क्षेत्रमा सहभागी गराउन उद्देश्यले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आयोजनामा मंगलबार हेटौंडामा लोक सेवा तयारी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङ रहेका थिए भने लोक सेवा तयारीमा मार्गदर्शन दिन उपसचिव कुमार घिसिङले प्रशिक्षकका रूपमा प्रशिक्षण दिएका थिए। उनले लोक सेवा आयोगतर्फ कसरी तयारी गर्ने, योजना कसरी बनाउने, र प्रक्रिया कसरी अघि बढाउने भन्ने विषयमा सहभागीहरूलाई जानकारी गराए। अभिमुखिकरण कार्यक्रममा नेपाल तामाङ घेदुङ बागमती प्रदेश समितिका अध्यक्ष लिलाकुमार घलान, नेपाल मगर संघ मकवानपुरका सचिव भूपेन्द्र राना मगर, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मकवानपुरका अध्यक्ष नवराज वाईबा,…
Read More
कैलाश गाउँपालिकामा ३४ खानेपानीका धारा र ट्याङ्कीको संयुक्त अनुगमन, स्थानीयवासी खुसी

कैलाश गाउँपालिकामा ३४ खानेपानीका धारा र ट्याङ्कीको संयुक्त अनुगमन, स्थानीयवासी खुसी

हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिका–१० को कोसिराङ घट्टेचौर क्षेत्रमा निर्माण सम्पन्न भएका ३४ वटा खानेपानीका धारा, ट्याङ्की र सम्बन्धित पूर्वाधारहरूको संयुक्त अनुगमन गरिएको छ। आइतबार गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान, वडा अध्यक्ष सुर्यबहादुर ब्लोनसहित सरोकारवाला संस्थाहरूको सहभागितामा अनुगमन गरिएको हो। साझेदार संस्था नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) को संयोजनमा वेल्ट हंगर हिल्फे (WHH) को आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित खानेपानी, सरसफाई तथा स्वच्छता प्रणालीको सुदृढिकरण तथा व्यवहार परिवर्तन परियोजनाअन्तर्गत गाउँपालिकासँग सहकार्य गरी उक्त संरचना निर्माण गरिएको हो। कार्यक्रम संयोजक लिलबहादुर कार्कीका अनुसार उपभोक्ता समितिको सक्रियतामा तीन महिनाको अवधिमा ३४ वटा धारा, १ बीपीटी, २ आरबीटी, १ इन्टेक निर्माण गरी खानेपानी घरघरमा…
Read More
मकवानपुरमा लागुऔषध र हातहतियारसहित एक जना पक्राउ, प्रहरी–स्थानीयबीच झडप

मकवानपुरमा लागुऔषध र हातहतियारसहित एक जना पक्राउ, प्रहरी–स्थानीयबीच झडप

हेटौँडा । मकवानपुरको राक्सिराङ गाउँपालिका–१ मा प्रहरीले लागुऔषध, इटालियन पेस्तोल तथा गोलीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति ५० वर्षीय राजु स्याङ्तान हुन्, जसलाई प्रहरीले उनको घरबाट अवैध लागुऔषध र हातहतियार लुकाई राखेको अवस्थामा नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काका अनुसार, सूचनाका आधारमा खटिएको प्रहरी टोलीले स्याङ्तानको घरबाट ३ थान पेस्तोल, दुईवटा म्यागजिन र ३० राउण्ड गोली बरामद गरेको छ। साथै, उनको सुत्ने कोठामा सिरानीमुनि कपडामा बेरेर राखिएको दुई थान पेस्तोल र १८ राउण्ड गोली फेला परेको प्रहरीले जनाएको छ। यस्तै, स्याङ्तानकै घरनजिक चन्द्रलाल मोक्तानको बारीमा रहेको रुखको फेदमा सेतो बोरामा बेरेर…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.