सिमलटारमा जुत्ता बनाउने तालिम समापन

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ स्थित सिमलटारमा संचालित ७ दिने जुत्ता बनाउने तालिमको समापान गरिएको छ । सिमलटार टोल विकास संस्थाको आयोजना र हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडाको आर्थिक सहयोगमा ढाका, मलमलको कपडाबाट जुत्ता बनाउने तालिम दिइएको थियो ।

तालिममा सिमलटारका २० जना महिलाहरुको सहभागिता रहेको थियो । सिमलटार टोल विकास संस्थाका अध्यक्ष देवकृष्ण थोकरको सभाध्यक्षतामा भएको समापन कार्यक्रममा कार्यक्रमकी प्रमुख अतिथी वडाध्यक्ष जुना दाहालले तालिममा सहभागीहरुलाइ प्रमाणपत्र वितरण गरेकी थिइन् ।

समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि दाहालले सीप सिकेर मात्र यत्तिकै नछाड्ने , सिपलाइ पेशामा रूपान्तरण गरे मात्र आयआर्जन हुने भन्दै जानेको सिपलाइ जिवनयापनसँग जोड्न सुझाव दिइन् ।

कार्यक्रममा वडा सदस्य गोपिनी सापकोटा , सिमलटार टोल विकास संस्थाकी सचीव माया दोङ लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.