मुख्य मन्त्रीलाई एकीकृत समाजवादी मकवानपुरको स्मरण पत्र

हेटौंडा । नेकपा एकीकृत (समाजवादी) जिल्ला कार्यसमिति मकवानपुरले बागमती प्रदेश मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने मार्फत् स्मरण पत्र बुझाएको छ ।

आन्तरिक मामिला कानुन मन्त्रालय बागमती प्रदेश को कार्यालय पुगेर समाजवादीका सम्सदिय दलका नेता कृष्णप्रसाद खनालको हातबाट कानुन मन्त्री लामिछानेलाई स्मरण पत्र बुझाइएको हो । एकीकृत समाजवादीले सुशासन र रोजगारी समाजवादको तैयारी भन्ने मुलनाराका साथ देशब्यापी आन्दोलन शुरु गरेको छ त्यसै अन्तरगत बैशाख १९ गते मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय बागमती प्रदेशलाई ज्ञापन् पत्र बुझाएको थियो ।

समाजवादी बागमती प्रदेशले बुझाएको ज्ञापन् पत्र अर्थिक मन्त्रालय बागमती प्रदेशका मन्त्री कुन्दनराज काफ्लेले बुझेका थिए । उक्त पत्रको स्मरण गराउदै आफ्नो मागको बारेमा जानकारी गराउन स्मरण पत्रमा भनिएको छ । बागमती प्रदेश सरकारको नीति , कार्यक्रम , बजेट आउनु अगावै हामी आएका छौं, हाम्रा मागहरूमाथी गम्भीरतापुर्वक ध्यान दिइयोस भन्दै पुनः ध्यानाकर्षण गराउदछौ पत्रमा भनिएको छ । पत्र बुझ्दै मन्त्री लामिछानेले छिटोभन्दा छिटो मुख्यमन्त्री को हातमा पुर्याउने र बैठकमा समेत पेस गर्ने प्रतिवद्धता जनाए ।

पार्टीका जिल्ला अध्यक्ष बिष्णुप्रसाद दाहालको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सभा सदस्य तथा नेकपा एकीकृत समाजवादीका सम्सदीय दलका नेता खनाल , प्रदेश सभासदस्य तथा पुर्वमन्त्री लक्ष्मण लम्साल , प्रदेश सभा सदस्यद्वय ओमकुमारी श्रेष्ठ , मायादेवी शर्मा , पार्टीका केन्द्रिय सल्लाहकार यादव गजुरेल , केन्द्रिय सदस्य राजाराम स्याङ्तान , पोलिटब्युरो सदस्य तथा अनेम संघ समाजवादीका केन्द्रिय अध्यक्ष मुनु सिग्देल , पार्टीका प्रदेश सदस्य , जिल्ला कमिटीका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.