२०८२ जेष्ठ ७, बुधबार २२:५१ गते
२०८२ जेष्ठ ७, बुधबार २२:५१ गते
मकवानपुर । संगीतकार तथा गायक अदित श्रेष्ठको नयाँ गीत ‘भीमफेदीको बगर’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। शनिबार सार्वजनिक गरिएको यस म्युजिक भिडियोमा श्रेष्ठकै शब्द तथा स्वर रहेको छ। गीतमा संगीत संयोजन याकुब तामाङले गरेका छन् भने होरिजोन रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यस गीतलाई याकुब विटस्ले मिक्सिङ गरेका हुन्। भिडियोको निर्देशन निर्मलकुमार लामाले गरेका छन् भने छायाङ्कन र सम्पादन सुमित तामाङको रहेको छ। भिडियोमा कलाकारका रूपमा ‘भिमफेदी गाइज’ र मिस तामाङकी विजेता तथा कलाकार रिया लामा देखिएका छन्। म्युजिक भिडियो प्रेममय जोडीको जीवनका मिठा–नमिठा क्षणहरूलाई समेट्दै प्रस्तुत गरिएको छ। सानै उमेरदेखि गायनमा रुचि राख्दै आएका श्रेष्ठका अनुसार यो उनीद्वारा सार्वजनिक…