मकवानपुर । आउँदै गरेको चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि पालुङ क्याम्पसमा नेपाली विद्यार्थी संघ (ने.वि. संघ) र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले संयुक्त प्यानल घोषणा गरेका छन्। उक्त प्यानलमा सभापति पदका लागि ने.वि. संघकी रोशनी गोपाली उम्मेदवार बनेकी छिन्।
सचिव पदमा अनेरास्ववियुका आर्यम नापित, कोषाध्यक्ष पदमा ने.वि. संघकी नविना अधिकारी, सदस्यहरूमा अनेरास्ववियुकी नविका धमाल, अर्पणा रायमाझी तथा ने.वि. संघकी प्रकृति थापा उम्मेदवार रहेका छन्।
समानुपातिक तर्फ अनेरास्ववियुबाट विराट श्रेष्ठ, निष्कला बिष्ट, सोनिका ढकाल र सबिना श्रेष्ठ तथा ने.वि. संघबाट रक्षा गोपाली उम्मेदवार रहेका छन्।
प्रतिकृया दिनुहोस्



































































