हेटौंडा–काठमाडौं जोड्ने मातातीर्थ सडक चैत २१ सम्म बन्द

मकवानपुर – हेटौंडा र काठमाडौंलाई जोड्ने छोटो दूरीको देउराली–फाखेल–मातातीर्थ सडक आगामी चैत २१ गतेसम्म बन्द रहने भएको छ।

इन्द्रसरोवर गाउँपालिका-५ ले सार्वजनिक गरेको सूचनाका अनुसार, सडक निर्माण तथा स्तरोन्नतिको कार्यलाई तीव्रता दिन फागुन ४ गतेदेखि चैत २१ गतेसम्म उक्त सडकखण्डमा सवारी आवागमन बन्द गरिनेछ।

यस अवधिमा सो मार्ग हुँदै सञ्चालन हुने सवारीसाधनका लागि वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.