डाङ्डुङ्गे सामुदायिक वनमा पूनः पुडासैनी

मकवानपुर । डाङ्डुङ्गे सामुदायिक वन उपभोक्ता समुहको निर्वाचनमा पूनः शालिकराम पुडासैनी निर्वाचित भएका छन् । घर चुनाव चिन्ह लिएर चुनावमा भाग लिएका पुडासैनीले १९८ मत प्राप्त गर्दै बिजयी भएका हुन् । उनका प्रतिद्वन्दी (घडी चुनाव चिन्ह) बोजबहादुर पण्डितले १२५ मत प्राप्त गरेका थिए ।

यसैगरी उपाध्यक्ष पदमा (आँप चुनाव चिन्ह) शिव अगस्ती पनि १३० मत प्राप्त गरि पूनः दोहोरीएका छन् भने उपाध्यक्ष पदका प्रतिद्वन्दी (किताब चुनाव चिन्ह) देवकृष्ण थोकरले ८२, (हात्ती चुनाव चिन्ह) लक्ष्मण बानियाँले ६९, (फूटबल चुनाव चिन्ह) नारायण आर्यालले १८ मत प्राप्त गरेका थिए । यस्तै सचीव पदमा साइकल चुनाव चिन्ह लिएर उठेका कल्पनाकुमारी मगरले १०९ मत प्राप्त गरि निर्वाचित भएकी छिन भने प्रतिस्प्रधी (दियो) शुभद्राकुमारी रिमालले १०५, (गुलाफको फूल) निर्मला बर्तौलाले ८३ मत प्राप्त गरेका थिए ।

यसैगरी सहसचिव पदमा शेखरराज मैनाली निर्बिरोध निर्वाचित भएका छन् । यस्तै कोषाध्यक्ष पदमा जग चुनाव चिन्ह भएकी निर्मला पुडासैनीले १९५ मत प्राप्त गरि निर्वाचित भएकी छिन् भने प्रतिद्वन्दी कैचिकी जानकी पोखरेलले ८२ मत प्राप्त गरेकी छिन् । यस्तै खुला सद्स्यहरुमा सिसाकलमका हरिशरण लामिछाने (१३५), चक्लेटका शुसान्त आले(११३), कारका रामेश्वर नगरकोटि(१११) मत प्राप्तगरि निर्वाचित भएका छन् ।

यस्तै खुला महिला सदस्यमा सीता न्यौपाने, माधुरी राना थापा, जनजाति महिला सदस्यमा सुनिता थापा र खस आर्य महिला सदस्यमा कामना कार्की निर्बिरोध चयन भएका छन् । खुला सदस्यका प्रतिस्प्रधीहरु युगमाया रेग्मीले १०७, पवन पण्डितले १०५, चन्द्रशेखर गजुरेलले ९८, रामप्रसाद अर्यालले ७९, गणेश पण्डित ले ६४, हरिनाथ सापकोटाले ५० मत प्राप्त गरेका थिए ।

हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडा स्थित डाङ्डुङ्गेमा रहेको आनन्द भैरव आधारभुत विद्यालयमा शनिबार सामुदायिक वनको निर्वाचन भएको हो । ४६६ मतदाता रहेको सामुदायिक वनको निर्वाचनमा ३४० मत खसेको थियो । १९६ हेक्टर मा फैलिएको जङ्गल लाई १० प्लटमा भाग लगाइएको अध्यक्ष पुडासैनीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.