Day: २०८१ फाल्गुन ४, आईतवार १६:२७ गते

भिमफेदीमा पालिका स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु

भिमफेदीमा पालिका स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु

मकवानपुर । आईतबारबाट मकवानपुरको भिमफेदी गाउँपालिकामा पालिका स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । भिमफेदी गाउँपालिकाको आर्थिक सहायता र निब्टा क्लबको आयोजनामा भएको उक्त प्रतियोगितामा ११ समुह सहभागी भएका छन् । शनिबार निब्टा क्लबको भवनमा भएको पत्रकार सम्मेलनमा निब्टा क्लबका अध्यक्ष दिनेश लामाले निब्टा क्लबले स्थापना काल देखि नै क्लबको वार्षिकोत्सव र राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा प्रत्येक वर्ष विभिन्न किसिमका सांस्कृतिक र खेलकुद कार्यक्रमको आयोजना गर्दै आईरहेको बताउनुभयो । भिमफेदी—४ का वडाध्यक्ष सागर पाण्डेको प्रमुख आतिथ्यतामा भएको उक्त सम्मेलनमा दुई रेफ्रीहरु क्रमशः मनोज लामा (प्रादेशिक भलिबल रेफ्री) र शंकर कार्की (क्षेत्रीय रेफ्री)हरुले ११ वटै सहभागीहरुको समुपस्थितिमा गोलाप्रथाको माध्यमद्धारा…
Read More
श्रीराम पाण्डेको कथा सङ्ग्रह ‘दुर्घटित जन्म’ हेटौँडामा विमोचन

श्रीराम पाण्डेको कथा सङ्ग्रह ‘दुर्घटित जन्म’ हेटौँडामा विमोचन

मकवानपुर । साहित्यकार श्रीराम पाण्डेको कथा सङ्ग्रह 'दुर्घटित जन्म'को हेटौँडामा विमोचन गरिएको छ । शनिबार हेटौँडाको भैरबरोडमा रहेको किताबघरमा आयोजित एक कार्यक्रमका बीच कृति विमोचन तथा विमर्श गरिएको हो । पाँच दशकदेखि साहित्य रचनामा लागिरहेका पाण्डेको पुस्तकाकार रुपमा चौथो तथा आख्यानका रुपमा पहिलो कृतिको रुपमा 'दुर्घटित जन्म' प्रकाशित भएको हो । विमोचित कृतिमाथि बोल्दै साहित्यकार शान्ति प्रियवन्दनाले कृतिभित्रका कथाहरू रचनाकालका दृष्टिले पुराना भएपनि पछिल्लो समयका पाठकलाई कथाले आकर्षित गर्ने क्षमता राख्ने दाबी गरिन् । सङ्ग्रहभित्रका ३६ वटा कथाहरूमध्ये कतिपयमा विषयवस्तुको पुनरावृत्ति भए पनि त्यसले पाठकमा सकारात्मक प्रभाव छाड्ने प्रियवन्दनाले बताइन् । यस्तै कवि साम्ब ढकालले कविता, निबन्ध तथा आख्यानमा उत्तिकै…
Read More
डाङ्डुङ्गे सामुदायिक वनमा पूनः पुडासैनी

डाङ्डुङ्गे सामुदायिक वनमा पूनः पुडासैनी

मकवानपुर । डाङ्डुङ्गे सामुदायिक वन उपभोक्ता समुहको निर्वाचनमा पूनः शालिकराम पुडासैनी निर्वाचित भएका छन् । घर चुनाव चिन्ह लिएर चुनावमा भाग लिएका पुडासैनीले १९८ मत प्राप्त गर्दै बिजयी भएका हुन् । उनका प्रतिद्वन्दी (घडी चुनाव चिन्ह) बोजबहादुर पण्डितले १२५ मत प्राप्त गरेका थिए । यसैगरी उपाध्यक्ष पदमा (आँप चुनाव चिन्ह) शिव अगस्ती पनि १३० मत प्राप्त गरि पूनः दोहोरीएका छन् भने उपाध्यक्ष पदका प्रतिद्वन्दी (किताब चुनाव चिन्ह) देवकृष्ण थोकरले ८२, (हात्ती चुनाव चिन्ह) लक्ष्मण बानियाँले ६९, (फूटबल चुनाव चिन्ह) नारायण आर्यालले १८ मत प्राप्त गरेका थिए । यस्तै सचीव पदमा साइकल चुनाव चिन्ह लिएर उठेका कल्पनाकुमारी मगरले १०९ मत प्राप्त…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.