भिमफेदीमा पालिका स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु

मकवानपुर । आईतबारबाट मकवानपुरको भिमफेदी गाउँपालिकामा पालिका स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । भिमफेदी गाउँपालिकाको आर्थिक सहायता र निब्टा क्लबको आयोजनामा भएको उक्त प्रतियोगितामा ११ समुह सहभागी भएका छन् ।

शनिबार निब्टा क्लबको भवनमा भएको पत्रकार सम्मेलनमा निब्टा क्लबका अध्यक्ष दिनेश लामाले निब्टा क्लबले स्थापना काल देखि नै क्लबको वार्षिकोत्सव र राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा प्रत्येक वर्ष विभिन्न किसिमका सांस्कृतिक र खेलकुद कार्यक्रमको आयोजना गर्दै आईरहेको बताउनुभयो । भिमफेदी—४ का वडाध्यक्ष सागर पाण्डेको प्रमुख आतिथ्यतामा भएको उक्त सम्मेलनमा दुई रेफ्रीहरु क्रमशः मनोज लामा (प्रादेशिक भलिबल रेफ्री) र शंकर कार्की (क्षेत्रीय रेफ्री)हरुले ११ वटै सहभागीहरुको समुपस्थितिमा गोलाप्रथाको माध्यमद्धारा खेल तालिका सार्वजनिक गर्नुभएको थियो ।

प्रतियोगिताका संयोजक अनिल अधिकारीले कुल रु. ३,९५,६८०।— लागतमा हुने उक्त प्रतियोगितामा रु.३,००,०००।— भिमफेदी गाउँपालिका गाउँकार्यपालिकाको कार्यालयले आर्थिक सहायता प्रदान गरेको र बाँकीको रु. ९५,६८०।— क्लबद्धारानै व्यहोरिने र खेलमा प्रथम हुनेलाई नगद रु. ३०,०००।—,द्धितिय हुनेलाई नगद रु. २०,०००।— को पुरष्कार राशी सहित मेडल र प्रमाणपत्रद्धारा पुरष्कार गरिने र खेलाडीहरु मध्येबाट उत्कृष्ट स्पाईकर, उत्कृष्ट रेजर सहित उदयमान खेलाडीलाई समेत पुरष्कृत गरिने बताउनु भयो ।

भिमफेदी—२ बाट सिक्स ब्रदर र कालिकाटार युवा क्लब, ३ बाट झल्कने बोईज, ४ बाट पान्द्राङ्ग युवा क्लब,निब्टा “ए”, निब्टा “बि” र चिउरीबगैँचा, ५ बाट सुपिङ युवा क्लब, ६ बाट भिमफेदी युवा “ए” र “बि” क्लब र भिमफेदी गाउँपालिका गाउँकार्यपालिकाको कार्यालयका जनप्रतिनिधि र कर्मचारी गरी ११ टिम बिच कुल १७ खेलहरु संचालन हुनेछन ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.