राजन घिमिरेको नेतृत्वमा स्वतन्त्र पत्रकार संघ मकवानपुरको नयाँ कार्यसमिति चयन

मकवानपुर । स्वतन्त्र पत्रकार संघ मकवानपुरको अध्यक्षमा राजन घिमिरे सर्वसम्मत रूपमा चयन भएका छन्। शुक्रबार सम्पन्न संघको चौथो अधिवेशनले घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। संघका अध्यक्ष गोकुल अधिकारीको अध्यक्षतामा आयोजित अधिवेशनमा केन्द्रीय उपमहासचिव सुरेश श्रेष्ठ विशेष उपस्थित थिए।

नवगठित कार्यसमितिमा घिमिरेसँगै उपाध्यक्षमा रवीन्द्र कार्की, सचिवमा बसन्त भण्डारी, कोषाध्यक्षमा अस्मिता भट्टराई चयन भएका छन्। त्यस्तै, सदस्यहरूमा सुमिना चौलागाई, प्रमोद सहनी, र नवीन चौधरी निर्वाचित भएका छन्।

नवनिर्वाचित अध्यक्ष घिमिरेले स्वतन्त्र पत्रकारिताको प्रवर्द्धन, पत्रकारहरूको हकहितको संरक्षण तथा संघलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे। रेडियो थाहा सञ्चारमा कार्यरत र खबरसहकारी डटकमका सम्पादकसमेत रहेका घिमिरेले संघको गतिविधिलाई व्यवस्थित गर्दै नियमित बैठक, पत्रकारिता तालिम, कानुनी सहायता तथा डिजिटल प्रवर्द्धनलाई प्राथमिकता दिने बताए।

उनले पत्रकारहरूको पेशागत सुरक्षाका लागि संघलाई अझ क्रियाशील बनाउनुपर्ने आवश्यकता औंल्याउँदै नेतृत्वको जिम्मेवारीप्रति स्पष्ट दृष्टिकोण प्रस्तुत गरे।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.