बालगृहको अक्षयकोष स्थापना गर्न हेटौँडामा श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ

मकवानपुर । हेटौंडा–५ स्थित `हाम्रो घर’ बालगृहको दीगोपनका लागि अक्षयकोष स्थापनार्थ श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ हुने भएको छ ।

ग्रामीण जीवनस्तर सुधार मञ्च मकवानपुरको आयोजनामा `हाम्रो घर’ बालगृहका लागि अक्षयकोष स्थापनार्थ फागुन १ गतेदेखि ९ गतेसम्म श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ धार्मिक महोत्सव हुने शुक्रबार पत्रकार सम्मेलन गरी संस्था अध्यक्ष इन्दिरा न्यौपानेले जानकारी दिइन् ।

२०६५ सालमा न्यौपानेले ८ बालबालिका राखेर आफ्‌नै घरबाट सुरु गरी ५ वर्षपछि बालगृहको आफ्‌नै भवन बाट सेवा सुरु गरिएको उनले बताइन् । पछिल्लो समय बालगृहमा रहेका बालबालिकालाई आर्थिक मन्दीका कारण समस्या हुने अवस्था आएपछि दीगोपनका लागि सप्ताह ज्ञानमहायज्ञ गर्न लागिएको उनको भनाइ छ ।

महायज्ञ धार्मिक महोत्सव फागुन १ गते विहान ८ बजे गोरक्षेश्वर मन्दिर (राप्तीतट) बाट कलशयात्रापछि उद्घाटन गरिने छ । `हाम्रो घर’ बालगृहमा १० बालिकासहित २७ जनाले आश्रय लिइरहेका छन् ।

पत्रकार सम्मेलनमा सप्ताह कार्यक्रमको संयोजक मेनका श्रेष्ठ, सचीव टीका कुमारी पराजुली,कोषाध्यक्ष गिता गौतम, उपाध्यक्ष देवकुमारी चापागाईं, सदस्य राधा अधिकारीको उपस्थिति थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.