मकवानपुर । हेटौंडा उपमहानगरपालिकालाई आउँदो फागुन १ गते बालमैत्री नगर घोषणा गर्ने अभियान अन्तर्गत हेटौंडा–१५ लाई बालमैत्री वडा घोषणा गरिएको छ । हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले वडा नम्बर १५ लाई १८ औँ बालमैत्री वडाका रुपमा घोषणा गरेकी हुन् ।

कार्यक्रममा नगरका उपप्रमुख राजेश बानियाँ, वडा अध्यक्ष सहित जनप्रतिनिधि, उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रसाद गौतम, स्थानीयहरुको सहभागीता रहेको थियो ।

१९ वडा रहेको उपमहानगरपालिकामा अब १४ नम्बर वडालाई मात्रै बालमैत्री घोषणा गर्न बाँकी रहेको छ । यस वडालाई आगामी माघ २५ गते बालमैत्री घोषणा गरिने योजना छ ।
प्रतिकृया दिनुहोस्































