हेटौँडामा नेपाल पानी उद्योग वाणिज्य संघको साधारणसभा हुने

मकवानपुर । नेपाल पानी उद्योग वाणिज्य महासंघको प्रारम्भिक साधारण सभा माघ १७ गते हेटौंडामा हुने भएको छ । देशैभरिका जार तथा बोतलका प्रशोधित पानी उत्पादन गरि बजारमा पठाउने उद्योगहरुको छाता संस्थाको गठन गर्न पुष २६ र २७ गते काठमाण्डौंमा बसेको उद्योगीहरुको भेलाले सभा राख्ने निर्णय गरेको हो ।

भेलाले साधारण सभाको तयारी गर्न बिक्रम लिम्बु चेमजोङको संयोजकत्वमा १९ सदस्यीय कार्यकारिणी तयारी समिति समेत गठन गरेको छ । उक्त समितिको पूर्ण बैठकले सो प्रारम्भिक साधारण सभा हेटौंडामा आयोजना गर्ने निर्णय गरेको हो । कार्यक्रममा देशै भरीका प्रदेश संघ, विभिन्न जिल्लामा रहेका जिल्ला संघ, नगर तथा क्षेत्रीय संघका प्रतिनिधिहरूको सहभागिता रहने बताइएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.