मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको पुस २७ गते हुने निर्वाचनमा अध्यक्ष पदका प्रत्यासी प्रमोद सिंह रानाभाटले पूर्व अध्यक्षहरुको उपस्थितीमा प्रतिवद्धता पत्र सहित आफ्नो टिम सार्वजनिक गरेका छन् ।
रानाभाटको वाणिज्यतर्फको उपाध्यक्षमा राम प्रसाद न्यौपाने, एशोसियटतर्फ उज्वल चौलागाई, उद्योगतर्फ दिपक उप्रेती र वस्तुगततर्फ प्रदिप अर्यालको उम्मेद्वारी रहेको छ । महासचिवमा प्रतिमा श्रेष्ठ, कोषाध्यक्षमा श्रीकृष्ण कर्माचार्यको उम्मेद्वारी छ । एशोसियटतर्फ सदस्यमा टीम टेलिभिजनका अध्यक्ष नवराज खतिवडाको समेत उम्मेदवारी रहेको छ ।
कार्यक्रममा बोल्दै अध्यक्षका उम्मेद्वार रानाभाटले व्यवसायीहरुको अहित हुनेगरी मेला आयोजना नगर्ने प्रतिवद्धता ब्यक्त गरे । व्यवसायीको हित हुनेगरी एक्स्पो आयोजना गर्ने, स्थानीय तहसंगको सम्बन्ध सुधार गर्ने, सदस्यता शुल्क घटाउने, हेटौंडामा स्वास्थ्य सेवामा सुधार ल्याई ब्यवसायीको उपचार सेवामा सहयोग गर्ने, सरकारी कार्यालयहरुसंग समन्वय गर्ने लगायतका प्रतिवद्धत्ता सार्बजनिक गरेका छन् ।
प्रदेश सरकारसंग समन्वय गरी प्रदेश विश्वविद्यालय स्थापनामा भुमिका खेल्ने उनको प्रतिवद्धत्ता छ । आपतकालिन कोष स्थापना गरी व्यवसायीलाई सहयोग गर्ने समेत उनले बताए । पर्यटन क्षेत्रको विकास सहित पेशागत मर्यादा र सुरक्षाको प्रत्याभुती दिलाउने उनले दाबी गरे ।