Day: २०८१ पुष २२, सोमबार १२:२० गते

बकैया कप फुटबल प्रतियोगिताको तयारी पुरा

बकैया कप फुटबल प्रतियोगिताको तयारी पुरा

मकवानपुर । छैठौं संस्करणको बकैया कप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । पर्सि बुधबारदेखि सुरु हुने प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको बकैया खेलकुद विकास समितिका संयोजक विजय लामा थिङले जानकारी दिए । बकैया–३ स्थित बकैया रंगशालामा सञ्चालन हुने प्रतियोगिताको बागमती प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जनले उद्घाटन गर्नेछन् । प्रतियोगिताको उद्घाटन खेलमा सिनियरतर्फको वडा नम्बर ३ र ७ बिच प्रतिस्पर्धा हुने भएको छ । उद्घाटन खेल दिउँसो १ बजे सुरु हुनेछ । यस्तै दोस्रो दिन २५ गते वडा नम्बर ४ र १० बीच तथा वडा नम्बर ६ र ८ बीच प्रतिस्पर्धा हुनेछ । यस्तै २७ गते वडा नम्बर…
Read More
नेकपा (माओवादी केन्द्र) भिमफेदीको अध्यक्षमा बद्रीबहादुर स्याङ्तान

नेकपा (माओवादी केन्द्र) भिमफेदीको अध्यक्षमा बद्रीबहादुर स्याङ्तान

मकवानपुर । नेकपा (माओवादी केन्द्र) भिमफेदीको अध्यक्षमा बद्रीबहादुर स्याङ्तान चयन भएका छन् । केन्द्रको तेस्रो अधिवेशनबाट स्याङ्तानको अध्यक्षतामा ४५ सदस्यीय नयाँ कमिटि गठन भएको हो । कमिटिको उपाध्यक्षमा प्रितिलाल लामा (मान बाहादुर) , दिपक गोले र आत्माराम मुक्तान चयन भएका छन् । त्यस्तै सचिवमा.अमृत बल, सहसचिवमा बुद्धमान बैजु, रामेश्वर थिङ र धावा थोकर चयन भएका छन् । कमिटिको कोषाध्यक्ष .सुमित्रा कार्की लामा चयन भएको भिमफेदीबाट स्थानीय अमृत बलले जानकारी दिएका छन् ।
Read More
अध्यक्ष उम्मेदवार प्रमोद सिंह रानाभाटको प्रतिबद्धता पत्र सहित टिम सार्वजनिक

अध्यक्ष उम्मेदवार प्रमोद सिंह रानाभाटको प्रतिबद्धता पत्र सहित टिम सार्वजनिक

मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको पुस २७ गते हुने निर्वाचनमा अध्यक्ष पदका प्रत्यासी प्रमोद सिंह रानाभाटले पूर्व अध्यक्षहरुको उपस्थितीमा प्रतिवद्धता पत्र सहित आफ्नो टिम सार्वजनिक गरेका छन् । रानाभाटको वाणिज्यतर्फको उपाध्यक्षमा राम प्रसाद न्यौपाने, एशोसियटतर्फ उज्वल चौलागाई, उद्योगतर्फ दिपक उप्रेती र वस्तुगततर्फ प्रदिप अर्यालको उम्मेद्वारी रहेको छ । महासचिवमा प्रतिमा श्रेष्ठ, कोषाध्यक्षमा श्रीकृष्ण कर्माचार्यको उम्मेद्वारी छ । एशोसियटतर्फ सदस्यमा टीम टेलिभिजनका अध्यक्ष नवराज खतिवडाको समेत उम्मेदवारी रहेको छ । कार्यक्रममा बोल्दै अध्यक्षका उम्मेद्वार रानाभाटले व्यवसायीहरुको अहित हुनेगरी मेला आयोजना नगर्ने प्रतिवद्धता ब्यक्त गरे । व्यवसायीको हित हुनेगरी एक्स्पो आयोजना गर्ने, स्थानीय तहसंगको सम्बन्ध सुधार गर्ने, सदस्यता शुल्क घटाउने, हेटौंडामा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.