बकैया कप फुटबल प्रतियोगिताको तयारी पुरा

File Photo

मकवानपुर । छैठौं संस्करणको बकैया कप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । पर्सि बुधबारदेखि सुरु हुने प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको बकैया खेलकुद विकास समितिका संयोजक विजय लामा थिङले जानकारी दिए ।

बकैया–३ स्थित बकैया रंगशालामा सञ्चालन हुने प्रतियोगिताको बागमती प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जनले उद्घाटन गर्नेछन् । प्रतियोगिताको उद्घाटन खेलमा सिनियरतर्फको वडा नम्बर ३ र ७ बिच प्रतिस्पर्धा हुने भएको छ । उद्घाटन खेल दिउँसो १ बजे सुरु हुनेछ ।

यस्तै दोस्रो दिन २५ गते वडा नम्बर ४ र १० बीच तथा वडा नम्बर ६ र ८ बीच प्रतिस्पर्धा हुनेछ । यस्तै २७ गते वडा नम्बर ५ र ९ बीच प्रतिस्पर्धा हुनेछ ।
यस्तै जुनियरतर्फ पुस २६ गते ११ नम्बर र १२ बीच र २७ गते वडा नम्बर १ र २ बीच प्रतिस्पर्धा हुनेछ । यस संस्करणको प्रतियोगितामा सिनियर टिम तथा जुनियर टिमको फरक–फरक प्रतिस्पर्धा हुने भएको हो । यस वर्ष जुनियर टिमबाट विजेता हुने टिम आगामी वर्ष सिनियर टिममा बढुवा हुनेछ भने सिनियर टिमको अन्तिम टिम घटुवा हुने संयोजक लामाले बताए ।

माघ १ गतेसम्म सञ्चालन हुने प्रतियोगिता नकआउट अनुसार खेलाइनेछ । प्रतियोगितामा सिनियरतर्फको विजेता टिमले १ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै यस्तै जुनियरतर्फको विजेताले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले २५ हजार रुपैैयाँ प्राप्त गर्नेछन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.