हेटौँडामा एएफयूको १६औँ स्थापना दिवस: तीन दिनसम्म विभिन्न रचनात्मक कार्यक्रम हुने

हेटौँडा । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) को १६औँ स्थापना दिवस–२०८३ को अवसरमा हेटौँडास्थित वन विज्ञान संकायले विविध जनचेतनामूलक तथा सामुदायिक कार्यक्रम आयोजना गरेको छ। “समुदायसँग कृषि तथा वन विज्ञान विश्वविद्यालय” भन्ने मूल नाराका साथ असार २ देखि ४ गतेसम्म तीन दिन विभिन्न कार्यक्रम सञ्चालन गरिने भएको हो।

वन विज्ञान संकायको आयोजनामा विभिन्न विद्यार्थी संगठन तथा संस्थाको सहकार्यमा यो दिवस मनाउन लागिएको हो। कार्यक्रममा NYCA Hetauda, IFSA Hetauda, Forestry Youth Network (FYN), Youth Red Cross Circle (YRC), Amnesty International Forestry Youth Network (AIFYN) र Bird Conservation Nepal (BCN) हेटौँडा शाखाले सहकार्य गरेका छन्।

यस्तो छ तीनदिने कार्यक्रम तालिका:
असार २ गते: बिहान ‘ट्र्यास हन्ट’ (सरसफाइ) र साँझ ‘ट्री ट्यागिङ’ कार्यक्रम।
असार ३ गते: रक्तदान कार्यक्रम, गैरकाष्ठ वन पैदावार (NTFPs) तथा वनजन्य उत्पादन प्रदर्शनी, र किसानसँग संरक्षण संवाद एवं चराचुरुङ्गी सम्बन्धी ज्ञान आदानप्रदान कार्यक्रम।
असार ४ गते: वनस्पति ट्यागिङ, व्यवस्थापन र ‘प्लान्ट–बोटल एक्सचेन्ज’ कार्यक्रम।

वन विज्ञान संकायले स्थापना दिवसलाई केवल औपचारिक समारोहमा सीमित नराखी समुदायसँग प्रत्यक्ष जोडिने अवसरका रूपमा मनाउन लागेको जनाएको छ। कार्यक्रममार्फत विद्यार्थी, शिक्षक, संरक्षणकर्मी, किसान तथा स्थानीय समुदायबीच सहकार्य, वातावरणीय संरक्षण र जैविक विविधता संरक्षणमा जनचेतना अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ।

विश्वविद्यालय र समुदायबीचको सम्बन्धलाई थप सुदृढ बनाउन यस्ता कार्यक्रम फलदायी हुने विश्वास लिइएको छ। आयोजकले सम्पूर्ण सरोकारवालाहरूलाई कार्यक्रममा सक्रिय सहभागिताका लागि अनुरोध गरेको छ।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.