माधव न्यौपाने, हेटौंडा/स्वास्थ्य क्षेत्रमा लामो ईतिहास बोकेको हेटौंडा अस्पतालको सेवा/सुबिधाको माग गर्दै मकवानपुरमा रहेका बिभिन्न ५ वटा सामाजिक संस्थाहरुले संयुक्तरुपमा ध्यानाकर्षण पत्र अस्पताल ब्यवस्थापनलाई बुझाएका छन् ।
जिल्लाको ६० वर्ष पुरानो इतिहास बोकेको हेटौडा अस्पतालको अस्तित्व रक्षाको साथै गरिब जनता तथा मकवानपुरबासीको आशा र भरोस रहेको अस्पतालको सेवाको समयक्रमसंगै सुधारको पक्षमा खरो रुपमा उत्रिएका संस्थाहरुले बिगतदेखि नै विभिन्न समयमा ध्यानाकर्षण पत्र मार्फत् सुधारको लागि घचघच्याइ रहंदा पनि अस्पताल पक्षले वेवास्था गर्दै आएको आरोप ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ।
यसअघि धेरै पटक अस्पताल ब्यवस्थापनलाई सेवा सुधारको लागि ध्यानाकर्षण गर्न बिभिन्न क्रियाकलापहरु गरिएको थियो । जेंजी आन्दोलनले ल्याएको आजको परि- स्थितिमा समेत हामीले राखेका बिषयबस्तुहरु उत्तिकै समय सान्दर्भिक रहेकाले मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानका पदाधिकारीहरु र हेटौडा अस्पतालका अध्यक्ष र पदाधिकारी तथा मेडिकल सुपरि- टेण्डेण्टले ध्यानाकर्षण पत्रलाई बेवास्ता गरेर पुरानै ढंगबाट अगाडि बढेमा सक्किने वा सच्चिने इतिहासले नै देखाउने छ । पत्रमा उल्लेख गरिएको छ।
समयअनुसार माग राखेर ध्यानाकर्षण गर्दा कतिपयले अभियान सञ्चालन गर्ने सस्थाहरुलाई मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानको बिरोधिको रुपमा समेत हेरेको पाइयो । अभियान न कसैको बिरोधि वा नजिकको नभई हेटौडा अस्पतालको जग्गा जमिन कुनै अमुक सस्थाको हुन नदिने अभियानकर्मी र मकवानपुर का गरिब जनताले सजिलै सस्तोमा अस्पतालबाट सेवा पाउन भन्ने पबित्र भावनाले लागि परेका छौ ।
यसैगरी हेटौडा अस्पतालले सेवा सुधार र पारदर्शितामा पटक पटक कमजोरी गरेकोले हामीले पटक पटक बुझाएको ध्यानाकर्षण पत्र लागु गर्नको लागि यो पछिल्लो पटकको ध्यानाकर्षण पत्र भएको सो पत्रमा उल्लेख गरिएको छ।
अस्पताल ब्यवस्थापन समिति लाई ध्यानाकर्षण पत्र बुझाउने सस्थाहरुमा हेटौडा अस्पताल बचाऊ तथा सुधार समितिका संयोजक विशालराज महत, नागरिक सरोकार समितिका अध्यक्ष अधिवक्ता केशव गौतम, सेवा, सहयोग र आवाजमा हामीका उपाध्यक्ष रामबिक्रम थापा, राष्ट्रिय जनसरोकार मञ्च नेपालका अध्यक्ष उमेश गुनी, राष्ट्रिय मानव अधिकार सरोकार केन्द्रका उपाध्यक्ष योगेन्द्र उपाध्यायलगायत रहेका छन् ।
ति संस्थाहरुले ध्यानाकर्षण पत्रको बोधार्थ मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपकुलपति र मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान, रजिष्ट्रारलाई दिएको संयोजक महतले जानकारी गराए ।
अस्पताल सुधारका मागहरू
१ : हेटौडा अस्पतालका पदाधिकारीहरुको एकाधिकार तोड्नुपर्ने र पदमा रहेका डाक्टर, नर्सलगायत कर्मचारीहरुले तत्काल बोलिबचन, ब्यबहार र उपचारमा सुधार गरेर बिरामीको मन जित्ने काम गर्नुपर्ने ।
२ : ब्यबस्थापन समितिका सदस्यहरुले मेडिकल माफियाको रुपमा औषधि, सर्जिकल सामान, ल्याब, एक्सरेको सामान खरिदमा प्रभाव पार्ने गरेकोले तत्काल पारदर्शीढंगबाट प्रतिस्पर्धाबाट औषधी खरिद कार्य गर्नुपर्ने ।
३: पटक/पटक ध्यानार्कषण गर्दा पनि ३ / ४ हजार पर्ने हाडजोर्नीको अप्रेसनमा प्रयोग हुने सामान डाक्टरको दवावले अस्पतालको फार्मेसिमा नराख्ने र २०/२२ हजारमा बिनाबिल अस्पतालभित्रैबाट बिक्री गर्ने गरेकोले तत्काल प्रतिस्पर्धाबाट खरिद गरि सस्तोमा उपलब्ध गराउने ।
४: पटक पटक अस्पतालको खाता सञ्चालन सम्बन्धमा बिषय उठान गरेकोमा हालसम्म पनि मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानबाट एक्लौटीरुपमा अस्पतालको खाता सञ्चालन भएको सुन्न आएकोमा प्रतिष्ठान र अस्पतालको दोहोरो स्वामित्व भएकोले तत्काल अस्पताल तर्फबाट पनि संयुक्तरुपमा खाता संचालनगरी दुवै सस्थाको पारदर्शिता कायम गरि प्रतेक महिना खर्चको सार्बजनिकारण गर्ने ।
५: प्रतिष्ठान र अस्पतालमा बिगतदेखि कार्यकर्ता भर्ती केन्द्रको रुपमा रहि आएकोमा तत्काल प्रतिष्पर्धाबाट मात्र कर्मचारी भर्ना गर्ने प्रक्रियाको सुरुवात गरियोस् ।
६ : अस्पताललाई नीजि संस्थासरह बनाई हरेक काममा आफुखुसी जति पनि भत्ता लिने, भत्ता लिन नपाए प्राइभेट अस्पताल र क्लिनिकमा बिरामी पठाउने, कमिसन खाने, कार्यालय समयमा बाहिर क्लिनिकमा बिरामी हेर्न जाने कार्य तुरुन्त रोकिनु पर्ने, अन्यथा भण्डाफोर अभियान सञ्चालन गर्न बाध्य हुनेछौ ।
७: हालको अवस्थामा अस्पताल सुधारका लागि सचेत नागरिकबाट समेत सहभागी गराई अस्पताल सञ्चालन समितिमा सदस्य थप गर्ने वा स्वतन्त्र संयन्त्र बनाएर अस्पताल सुधारको काम गर्ने, अस्पतालको जग्गा जमिनको संरक्षण गर्ने कार्य तत्काल गरिनु पर्ने ।































