Day: २०८२ आश्विन ९, बिहीबार २०:१० गते

हेटौंडा अस्पतालको सेवा सुधारको माग गर्दै सेवा / सुविधा दिलाउन ध्यानाकर्षण

हेटौंडा अस्पतालको सेवा सुधारको माग गर्दै सेवा / सुविधा दिलाउन ध्यानाकर्षण

माधव न्यौपाने, हेटौंडा/स्वास्थ्य क्षेत्रमा लामो ईतिहास बोकेको हेटौंडा अस्पतालको सेवा/सुबिधाको माग गर्दै मकवानपुरमा रहेका बिभिन्न ५ वटा सामाजिक संस्थाहरुले संयुक्तरुपमा ध्यानाकर्षण पत्र अस्पताल ब्यवस्थापनलाई बुझाएका छन् । जिल्लाको ६० वर्ष पुरानो इतिहास बोकेको हेटौडा अस्पतालको अस्तित्व रक्षाको साथै गरिब जनता तथा मकवानपुरबासीको आशा र भरोस रहेको अस्पतालको सेवाको समयक्रमसंगै सुधारको पक्षमा खरो रुपमा उत्रिएका संस्थाहरुले बिगतदेखि नै विभिन्न समयमा ध्यानाकर्षण पत्र मार्फत् सुधारको लागि घचघच्याइ रहंदा पनि अस्पताल पक्षले वेवास्था गर्दै आएको आरोप ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ। यसअघि धेरै पटक अस्पताल ब्यवस्थापनलाई सेवा सुधारको लागि ध्यानाकर्षण गर्न बिभिन्न क्रियाकलापहरु गरिएको थियो । जेंजी आन्दोलनले ल्याएको आजको परि- स्थितिमा समेत…
Read More
अन्तरिम सरकारले प्रदेशको अधिकार क्षेत्रमा हस्तक्षेप गरेको मन्त्री तामाङको आरोप

अन्तरिम सरकारले प्रदेशको अधिकार क्षेत्रमा हस्तक्षेप गरेको मन्त्री तामाङको आरोप

हेटौँडा । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले अन्तरिम सरकारले प्रदेश सरकारको कार्यक्षेत्रमा हस्तक्षेप गरेको आरोप लगाउनुभएको छ। बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री तामाङले अन्तरिम सरकारले हालै गरेका निर्णयले संघीयता कमजोर बनाउने खतरा रहेको बताउनुभयो। उहाँले संविधानले संघ, प्रदेश र स्थानीय तहका अधिकार स्पष्ट रूपमा व्याख्या गरिसकेको उल्लेख गर्दै संघीय सरकारले प्रदेश सरकारको अधिकार क्षेत्रमा हस्तक्षेप गर्न नमिल्ने जिकिर गर्नुभयो। संविधानको मर्म विपरीत संघीय सरकारले निर्णय गरेको दाबी गर्दै मन्त्री तामाङले “संविधान संशोधन नगरी प्रदेश र स्थानीय तहको अधिकार संघले खोस्न सक्दैन,” भन्नुभयो। उहाँका अनुसार, संघीय क्याबिनेटको पछिल्लो निर्णयले प्रदेश सरकारको निर्णय क्षमता र स्वायत्ततामाथि नै…
Read More
हेटौँडामा सुपथ मूल्य बजार सञ्चालन, उपभोक्तालाई राहतको अपेक्षा

हेटौँडामा सुपथ मूल्य बजार सञ्चालन, उपभोक्तालाई राहतको अपेक्षा

हेटौँडा । विजयादशमीको अवसर पारेर उपभोक्तालाई राहत पु¥याउने उद्देश्यले हेटौँडामा सुपथ मूल्य बजार सुरु गरिएको छ। मकवानपुर उद्योग वाणिज्य संघको व्यवस्थापन र मकवानपुर अधिकृत बिक्रेता व्यवसायी संघको संयोजनमा सञ्चालित बजारको उद्घाटन प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले गर्नुभयो। बजार असोज ११ गतेसम्म पल्पसा सभागृहमा सञ्चालन हुनेछ। उपभोक्ताले दैनिक उपभोग्य खाद्यवस्तुहरू होलसेल मूल्यमा खरिद गर्न सक्ने व्यवस्था गरिएको छ। विभिन्न १५ वटा स्टलमार्फत तोरीको तेल, चिनी, पिठो लगायतका अत्यावश्यक खाद्यान्न र दैनिक प्रयोगका सामग्री सुपथ मूल्यमा उपलब्ध गराइनेछ। उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी श्रेष्ठले यस्तो बजारले चाडपर्वको समयमा हुने मूल्यवृद्धि नियन्त्रणमा योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले मूल्य सूची स्पष्ट राख्न…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.