शिक्षा विधेयक संशोधनको माग गर्दै हेटौंडामा प्याब्सनद्वारा बस र्याली

हेटौंडा । प्रस्तावित शिक्षा विधेयकमा रहेका प्रावधान संशोधनको माग गर्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले शुक्रबार हेटौंडामा विद्यालय बस ¥याली निकालेको छ।

प्याब्सन प्रदेशस्तरीय समितिको बिहीबार सम्पन्न आन्दोलन तयारी बैठकको निर्णयअनुसार शुक्रबार बिहान हुप्रचौरबाट सुरु भएको ¥याली रजत जयन्ती चोक, सीमाचोक, बुद्धचोक हुँदै लोकप्रिय भोजनालयबाट मनकामना चोकसम्म परिक्रमा गरेको थियो।

प्याब्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदीका अनुसार शिक्षा विधेयकले निजी विद्यालयलाई एकतर्फी गैरनाफामूलक बनाउने व्यवस्था गरेको भन्दै त्यसमा संशोधन गर्नुपर्ने माग गरिएको हो। साथै, १० प्रतिशत छात्रवृत्ति दिने प्रावधानलाई निरन्तरता दिनुपर्ने र पूर्ण छात्रवृत्तिको व्यवस्था हटाउनुपर्ने माग समेत प्याब्सनले अघि सारेको छ।

यसअघि नै प्याब्सनले हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, मनहरी गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरलाई ज्ञापनपत्र बुझाइसकेको छ।

प्याब्सनले माग सम्बोधन नभएसम्म विरोध कार्यक्रमलाई निरन्तरता दिने चेतावनी दिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.