हेटौंडामा लागूऔषधसहित पाँच युवक र एक महिला पक्राउ, अनुसन्धान जारी

हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले विशेष सूचनाका आधारमा विभिन्न स्थानमा छापा मार्दै लागूऔषध कारोबारमा संलग्न आरोपमा पाँच जना युवक र एक जना महिलालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका व्यक्तिहरूमाथि लागूऔषध सम्बन्धी मुद्दामा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले दिएको जानकारी अनुसार, साउन २ गते हेटौंडा उपमहानगरपालिका–२, पुरानो मनकामनापथस्थित डेरामा बस्दै आएका २१ वर्षीय एक युवकलाई पक्राउ गरिएको हो। बिहान ११:३० बजे खटिएको प्रहरी टोलीले उनको शरीर तथा कोठा खानतलासी गर्दा लुकाइछिपाई राखिएको १११ ट्याब्लेट नाईट्राभेट र ५३१ क्याप्सुल ट्रामाडोल बरामद गरिएको छ। युवकलाई नियन्त्रणमा लिई जिल्ला अदालत मकवानपुरबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

यस्तै, साउन १ गते हेटौंडा उपमहानगरपालिका वडा नं. १२ स्थित झोलुङ्गे पुल नजिक चोरी र लागूऔषधको घटनामा संलग्न दुई युवालाई पनि प्रहरीले पक्राउ गरेको छ। बिहान ११:०० बजे कान्छा बलको घुम्ती पसल फुटाई चोरी भएको सूचनाको आधारमा पदमपोखरी प्रहरी चौकीबाट खटिएको टोलीले शंकास्पद रूपमा पुल नजिकै बसेका २२ र २६ वर्षीय दुई युवालाई नियन्त्रणमा लिएको हो। खानतलासी गर्दा उनीहरूको साथबाट २२ ट्याब्लेट नाईट्राभेट र चोरी गरिएको ९ बट्टा पाइलट चुरोट फेला परेको छ। उनीहरूविरुद्ध पनि लागूऔषध सम्बन्धी मुद्दामा ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।

त्यसैगरी, साउन १ गते साँझ करिब ४:४५ बजे हेटौंडा उपमहानगरपालिका–२, सानोपोखरास्थित एक चिया पसलमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले छापा मार्दा १८८ क्याप्सुल ट्रामाडोल र ५० ग्राम गाँजा बरामद गरेको छ। घटनास्थलबाट भिमफेदी गाउँपालिका घर भई हाल सोही स्थानमा चिया पसल सञ्चालन गर्दै आएकी ४२ वर्षीया महिला, १९ वर्षीय युवक र भारत मोतिहारीका २३ वर्षीय युवकलाई पक्राउ गरिएको हो। उनीहरूलाई पनि लागूऔषध मुद्दामा ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.