हेटौंडा ११ मा अर्वान रोडको स्ल्याब ढलान सम्पन्न

हेटौंडा । हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडास्थित राप्ती रिभर साइड छेउको हेटौंडा अर्वान रोडको स्ल्याब ढलान सम्पन्न भएको छ ।

शुभप्रभात निर्माण सेवाले ४८ लाख ८३ हजार ८ सय ८४.५ रुपैयाँ लागतमा ढलानको जिम्मा लिएको र बागमती प्रदेश सरकार भौतिक पुर्वाधार मन्त्रालय अंतरगत यातायात पुर्वाधार निर्देशनालय बागमती प्रदेश हेटौंडाको बजेटमा रोड ढलान भएको इन्जिनियर पुजा घिमिरेले जानकारी दिइन् । जेठ २८ गते सम्पन्न हुने भनिएको ढलान प्राविधिक कारणले अलि ढिलो सम्पन्न भएकाे निर्माण कम्पनीका ठेकेदार सन्देश लामाले जानकारी दिए ।

६ मिटर चौडाइ , ३ सय मीटर लम्बाई को रोड ढलान भएको यातायात पुर्वाधार निर्देशनालयका योजना शाखाकी इन्जिनियर घिमिरेले बताइन् । रोड ढलानको उद्घाटन हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडाकी अध्यक्ष जुना दाहालको विशेष आतिथ्यतामा भएको थियो ।

स्ल्याब ढलान कार्यक्रममा यातायात पुर्वाधार निर्देशनालयका ल्याबशाखा प्राबिधिक जीतकुमार चौलागाईं, योजना शाखाका प्राबिधिक भुवन रावल, टोलबिकास संस्था वडासमन्वय समिति ११ नम्बर वडाका अध्यक्ष यज्ञ बहादुर आचार्य, सिमलटार टोलबिकास संस्थाका अध्यक्ष देवकृष्ण थोकर, निवर्तमान अध्यक्ष सुर्य लामा, सागर पथ टोलबिकास संस्थाका अध्यक्ष सुर्यबहादुर थिङ्ग, सामाजिक ब्यक्तित्व मधुकुमार थापा मगर, सामाजिक अभियन्ता सुन्दरलाल श्रेष्ठ, इन्द्र लामा लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.