हेटौंडा । हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडास्थित सिमलटारमा ढाका, मलमलको कपडाको जुत्ता बनाउने तालिमको उद्घाटन गरिएको छ ।
सिमलटार टोल विकास संस्थाको आयोजना र हेटौंडा ११ नम्बर वडाको आर्थिक सहयोगमा आयोजित ७ दिने तालिमको उद्घाटन वडाध्यक्ष जुना दाहालले गरेकी हुन् । तालिममा २० जना महिलाहरुको सहभागिता रहेको सिमलटार टोल विकास संस्थाका अध्यक्ष देवकृष्ण थोकरले जानकारी दिए ।
तालिम उद्घाटनमा वडा सदस्य सन्जय बिडारी, तालिमका प्रशिक्षक मीना सुवेदी, वडा समन्वय समितिका अध्यक्ष यज्ञबहादुर आचार्य, सिमलटार टोविस सल्लाहकार प्रभाकर पुडासैनी, उमेश बस्नेत लगायतकाको आतिथ्यता रहेको थियो ।
प्रतिकृया दिनुहोस्