हेटौंडामा जनप्रतिनिधिहरुलाई भूमि अधिकारसम्बन्धी तालिम

हेटौंडा । भुमि अधिकार मञ्च नेपाल मकवानपुरले हेटौंडा लगायत विभिन्न गाउँपालिकाका वडाध्यक्ष, वडासदस्यहरुलाई भुमि अधिकार सम्बन्धि दुईदिने तालिम प्रदान गरेको छ ।

जिल्ला तथा गाउँ भुमि अधिकार मञ्चको अवस्था, जग्गा प्राप्तिको प्रक्रियाको अवस्था र अवसरहरुको नक्साङ्कनबारे मसिनो ढंगले छलफल गर्न, भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई ब्यवस्थापन र जग्गा प्राप्तिका कार्यलाई नतिजामुखी बनाउन नितिगत ब्यावहारीक ज्ञान आदानप्रदान गर्न , अगुवाहरुसगको छलफलबाट जिल्ला र स्थानीय तहअनुसारको भुमी अधिकार अभियानको योजना निर्माण गर्ने उद्देश्यले तालिम गाराइएको भुमि अधिकार मन्च नेपालका केन्द्रिय सदस्य यज्ञबहादुर श्रेष्ठले जानकारी दिए ।

भुमी अधिकार मन्च नेपालका मकवानपुर जिल्ला कार्यवाहक अध्यक्ष जयबहादुर वाइबाको सभाध्यक्षतामा हेटौंडाको नागरिक भवनमा भएको २ दिने तालिममा भुमीबिज्ञ डाक्टर जगत बस्नेत , अर्जुनप्रसाद चौलागाईं , अधिकारमन्चका केन्द्रिय कोषाध्यक्ष पातली थामी , केन्द्रिय सदस्य यज्ञबहादुर श्रेष्ठ लगायतकाले सहजीकरण गरेका थिए ।

तालिमको समापन कार्यक्रममा प्रमुख अतिथी भुमी आयोग मकवानपुरका अध्यक्ष बलरामबलले तालिममा सहभागीहरुलाई प्रमाणपत्र बितरण गरेका थिए । तालिममा हेटौंडा उपमहानगरपालिका , गढी गाउँपालिका , मनहरी गाउँपालिका , बकैया गाउँपालिका , बागमती गाउँपालिकाका विभिन्न वडाका वडाध्यक्ष , काव अध्यक्ष , वडासदस्यगरि करिब ७० जनाको सहभागीता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.