Day: २०८२ जेष्ठ २३, शुक्रबार २०:०२ गते

खानेपानी आयोजना निर्माणका लागि हेटौंडामा २० करोड ५६ लाखको सम्झौता

खानेपानी आयोजना निर्माणका लागि हेटौंडामा २० करोड ५६ लाखको सम्झौता

हेटौंडा । हेटौंडा उपमहानगरपालिका र संघीय सरकारको सहकार्यमा हेटौंडामा खानेपानी आयोजना निर्माणका लागि दुईपक्षीय सम्झौता सम्पन्न भएको छ। उपमहानगरपालिका र संघीय सरकारअन्तर्गतको खानेपानी योजना कार्यालयबीच उक्त सम्झौता गरिएको हो। सम्झौताअनुसार हेटौंडाका विभिन्न स्थानहरूमा खानेपानी ट्यांकी तथा संयोजन संरचनाहरू निर्माण गरिने छन्। परियोजना कुल २० करोड ५६ लाख रुपैयाँको लगानीमा ७०/३० अनुपातको सहलगानीमा सञ्चालन गरिनेछ। सम्झौतामा हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा, संघीय योजना प्रमुख पूर्णप्रसाद उपाध्याय, खानेपानी बोर्डका अध्यक्ष प्रताप विष्ट र निर्माण पक्षका प्रतिनिधिबीच हस्ताक्षर गरिएको छ। यस योजनाबाट हेटौंडाबासीलाई सुरक्षित तथा नियमित खानेपानी सेवा पुर्‍याउने अपेक्षा गरिएको छ। नगर प्रमुख लामाले यस आयोजना हेटौंडाको दिगो विकासका लागि महत्वपूर्ण…
Read More
हेटौंडा उपमहानगर प्रमुख मीनाकुमारी लामाद्वारा ज्येष्ठ नागरिकका समस्या सम्बोधनमा प्रतिबद्धता

हेटौंडा उपमहानगर प्रमुख मीनाकुमारी लामाद्वारा ज्येष्ठ नागरिकका समस्या सम्बोधनमा प्रतिबद्धता

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाले उपमहानगर क्षेत्रभित्र रहेका ज्येष्ठ नागरिकका समस्यालाई प्राथमिकतामा राखेर समाधान गर्न उपमहानगर प्रतिबद्ध रहेको बताउनु भएको छ। महिला, बालबालिका तथा समावेशीकरण महाशाखाद्वारा आयोजित अभिमुखिकरण कार्यक्रममा सहभागी हुँदै नगर प्रमुख लामाले ज्येष्ठ नागरिकहरूको समस्या र आवश्यकताबारे जानकारी लिँदै आफ्नो धारणा प्रस्तुत गर्नुभयो। उहाँले ज्येष्ठ नागरिकहरूको भावना अनुसार उपमहानगरले योजना बनाउँदै अघि बढ्ने स्पष्ट पार्नुभयो। नगर प्रमुख लामाले उपमहानगरपालिकाले विभिन्न वडामा ज्येष्ठ नागरिक सेवा केन्द्रहरू सञ्चालनमा ल्याइसकेको जानकारी दिँदै भविष्यमा थप सहज सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाउनुभयो। कार्यक्रमले ज्येष्ठ नागरिकको हितमा हुने कार्यक्रमहरूलाई प्रभावकारी बनाउने दिशामा मार्गनिर्देशन गरेको सहभागीहरूको भनाइ थियो।
Read More
हेटौंडामा जनप्रतिनिधिहरुलाई भूमि अधिकारसम्बन्धी तालिम

हेटौंडामा जनप्रतिनिधिहरुलाई भूमि अधिकारसम्बन्धी तालिम

हेटौंडा । भुमि अधिकार मञ्च नेपाल मकवानपुरले हेटौंडा लगायत विभिन्न गाउँपालिकाका वडाध्यक्ष, वडासदस्यहरुलाई भुमि अधिकार सम्बन्धि दुईदिने तालिम प्रदान गरेको छ । जिल्ला तथा गाउँ भुमि अधिकार मञ्चको अवस्था, जग्गा प्राप्तिको प्रक्रियाको अवस्था र अवसरहरुको नक्साङ्कनबारे मसिनो ढंगले छलफल गर्न, भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई ब्यवस्थापन र जग्गा प्राप्तिका कार्यलाई नतिजामुखी बनाउन नितिगत ब्यावहारीक ज्ञान आदानप्रदान गर्न , अगुवाहरुसगको छलफलबाट जिल्ला र स्थानीय तहअनुसारको भुमी अधिकार अभियानको योजना निर्माण गर्ने उद्देश्यले तालिम गाराइएको भुमि अधिकार मन्च नेपालका केन्द्रिय सदस्य यज्ञबहादुर श्रेष्ठले जानकारी दिए । भुमी अधिकार मन्च नेपालका मकवानपुर जिल्ला कार्यवाहक अध्यक्ष जयबहादुर वाइबाको सभाध्यक्षतामा हेटौंडाको नागरिक भवनमा…
Read More
हेटौंडामा पालिका स्तरीय कृषि योजना तर्जुमा कार्यक्रम सम्पन्न

हेटौंडामा पालिका स्तरीय कृषि योजना तर्जुमा कार्यक्रम सम्पन्न

हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा एक दिवसीय पालिका स्तरीय कृषि योजनातर्जुमा कार्यक्रम शुक्रबार हेटौंडामा सम्पन्न भएको छ। कार्यक्रममा कृषि क्षेत्रको समृद्धि, बजेट विनियोजन, सहकार्य र नीति निर्माणमा प्रभावकारी समन्वय गर्ने विषयमा गहिरो छलफल गरिएको थियो। संघका अध्यक्ष प्रमोद सिंह रानाभाटको अध्यक्षता, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यता, उपप्रमुख सानुका जिलु ईटेल, सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र प्रसाद कडेल तथा विभिन्न पालिकाका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतहरूको उपस्थिति रहेको कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका कोषाध्यक्ष तेजराज अधिकारी, कार्यसमिति सदस्य, कृषि प्रवर्द्धन समिति सदस्य तथा सञ्चारकर्मीहरूको समेत सहभागिता थियो। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष रानाभाटले कृषिमा आधारित योजनालाई…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.