जलवायु सचेतना : समस्या र समाधानमा समुदायको भूमिका र हाम्रो प्रयास विषयक प्यानल डिस्कसन सम्पन्न

हेटौंडा । जलवायु परिवर्तनसम्बन्धी समस्या र त्यसका समाधानमा समुदायको भूमिकाबारे सशक्त छलफल गर्ने उद्देश्यले “जलवायु सचेतना : समस्या र समाधानमा समुदायको भूमिका र हाम्रो प्रयास” विषयक प्यानल डिस्कसन कार्यक्रम हेटौंडामा सम्पन्न भएको छ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिना कुमारी लामाले जलवायु संकटको प्रभाव न्यूनीकरणका लागि नीति निर्माण मात्र नभई समुदायस्तरबाट हुने सचेत प्रयासको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै भनिन्, “हामीले वातावरणमैत्री नीतिहरू बनाउँदै आएका छौं, तर स्थानीयस्तरको सहभागिता बिना दीगो परिणाम सम्भव छैन।”

हेटौंडा उपमहानगरपालिकाका टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीले आफ्नो भनाइमा टोलस्तरमा जनचेतना अभिवृद्धि, प्लाष्टिक न्यूनिकरण, हरियाली प्रवर्द्धन तथा फोहोर व्यवस्थापनमा भइरहेका प्रयासहरूबारे जानकारी दिँदै भने, “समुदायले प्लाष्टिक प्रयोग घटाउने प्रतिबद्धता जनाउँदै अघि बढ्नु आवश्यक छ, हामीले ‘प्लाष्टिक मुक्त हेटौंडा २०८२’ लक्ष्य लिएका छौं।”

कार्यक्रममा वातावरणविद् डा. बलराम भट्टले वैज्ञानिक दृष्टिकोणबाट जलवायु परिवर्तनको प्रभाव र समाधानका उपायबारे प्रस्तुति दिँदै शिक्षा, प्रविधि र समुदायको समन्वय आवश्यक रहेको उल्लेख गरे। त्यस्तै, ग्रिन एन्ड क्लिन सिटी सर्भिसेजका प्रमुख नवराज खतिवडाले निजी क्षेत्रको भूमिका र अनुभव साझा गर्दै हेटौंडामा फोहोरमैला व्यवस्थापनका क्रममा आइपर्ने व्यवहारिक चुनौती र समाधानमाथि प्रकाश पारे।

कार्यक्रममा सहभागीहरूले जलवायु परिवर्तनका स्थानीय प्रभाव, नीतिगत कमजोरी, फोहोर व्यवस्थापनमा निजी र सार्वजनिक क्षेत्रको समन्वय, र युवाहरूको भूमिका सम्बन्धमा प्रश्नहरू राखी सरोकारवालासँग प्रत्यक्ष संवाद गरेका थिए।

कार्यक्रमको सहजीकरण अनन्त कुमार बाँनियाले गरेका थिए। समुदाय, स्थानीय सरकार, विज्ञ र निजी क्षेत्रबीचको समन्वयमार्फत हेटौंडालाई वातावरणमैत्री र जलवायु-संवेदनशील शहरका रूपमा स्थापित गर्न सकिने निष्कर्ष कार्यक्रमबाट निकालिएको छ।समुदाय, स्थानीय सरकार, विज्ञ र निजी क्षेत्रबीचको समन्वयमार्फत हेटौंडालाई वातावरणमैत्री र जलवायु-संवेदनशील शहरका रूपमा स्थापित गर्न सकिने निष्कर्ष कार्यक्रमबाट निकालिएको छ। कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका निर्देशक डा. भिम प्रसाद तिमल्सिना, वातावरण ईन्जिनियर चन्दा खड्का, जिवन शर्मा लगायत ७० जना भन्दा बढीको सहभागीता रहेको थियो । कार्यक्रम टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.