हेटौंडामा सरसफाई

हेटौँडा,३१ बैशाख । हेटौंडामा सरसफाइ कार्यक्रम गरिएको छ । विश्व वातावरण दिवस र महासागर दिवसको उपलक्ष्यमा प्लास्टिक फूटप्रिन्ट हटाउने अभियान अन्तरगत हेटौंडामा पनि सरसफाइ कार्यक्रम गरिएको हो ।

विश्व सुसमाचार समाज परमेश्वरको मण्डलीले आयोजना गरेको कार्यक्रम मण्डलीका अध्यक्ष तेजेन्द्र गौतमको सभाध्यक्षता र हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको थियो ।

हेटौंडाको हुप्राचौरदेखि शुरु भएको सरसफार्इ, फरेष्ट्री क्याम्पस वरपर, भैरहवरोड, कान्तिलोकपथ, महेन्द्रराजमार्ग लगायत हेटौंडा बजार क्षेत्रको ३ किलोमिटर वरपर सरसफाइ गरिएको मण्डलीका सदस्य नेत्रमणी इटनीले जानकारी दिए । कार्यक्रम पर्शुराम तिम्सिनाको संयोजकत्वमा भएको हो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.