नयाँ वर्षमा सिमलटारका बिपन्नलाई झुल

हेटौंडा / हेटौंडा उपमहानगर पालिकाको ११ नम्बर वडास्थित सिमलटारका बिपन्न परिवारलाई डेन्ङ्गु बाट बचाउने उदेस्यले झुल बितरण गरिएको छ ।

एसडिए चर्चको तर्फबाट सिमलटारका १ सय जना बिपन्न परिवारका सदस्यलाई नयाँ वर्षको अवसर पारेर झुल बितरण गरिएको सिमलटार टोलबिकास संस्थाका उपाध्यक्ष छेगु गोलेले जानकारी दिए ।

सिमलटार टोलबिकास संस्थाका अध्यक्ष देवकृष्ण थोकरको सभाद्यक्षतामा भएको झुल बितरण कार्यक्रममा एसडिए चर्चका केन्द्रिय अध्यक्ष डाक्टर शैलेस दिनदियालको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा चर्चका महासचिव राजेश भण्डारी , जिल्ला अध्यक्ष लालबहादुर मगर , सिमलटार टोलबिकास संस्थाका पुर्व अध्यक्ष मधुकुमार थापा मगर , सिमलटार युवा क्लबका अध्यक्ष प्रभाकर पुडासैनी लगायतकाको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.