Day: २०८२ बैशाख १, सोमबार १६:१२ गते

नयाँ वर्षमा सिमलटारका बिपन्नलाई झुल

नयाँ वर्षमा सिमलटारका बिपन्नलाई झुल

हेटौंडा / हेटौंडा उपमहानगर पालिकाको ११ नम्बर वडास्थित सिमलटारका बिपन्न परिवारलाई डेन्ङ्गु बाट बचाउने उदेस्यले झुल बितरण गरिएको छ । एसडिए चर्चको तर्फबाट सिमलटारका १ सय जना बिपन्न परिवारका सदस्यलाई नयाँ वर्षको अवसर पारेर झुल बितरण गरिएको सिमलटार टोलबिकास संस्थाका उपाध्यक्ष छेगु गोलेले जानकारी दिए । सिमलटार टोलबिकास संस्थाका अध्यक्ष देवकृष्ण थोकरको सभाद्यक्षतामा भएको झुल बितरण कार्यक्रममा एसडिए चर्चका केन्द्रिय अध्यक्ष डाक्टर शैलेस दिनदियालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा चर्चका महासचिव राजेश भण्डारी , जिल्ला अध्यक्ष लालबहादुर मगर , सिमलटार टोलबिकास संस्थाका पुर्व अध्यक्ष मधुकुमार थापा मगर , सिमलटार युवा क्लबका अध्यक्ष प्रभाकर पुडासैनी लगायतकाको उपस्थिति रहेको थियो ।
Read More
हेटौँडामा अघोषित लोडसेडिङविरुद्ध रास्वपाको ज्ञापनपत्र

हेटौँडामा अघोषित लोडसेडिङविरुद्ध रास्वपाको ज्ञापनपत्र

हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरले हेटौंडा क्षेत्रका विभिन्न स्थानमा भइरहेको अघोषित लोडसेडिङविरुद्ध नेपाल विद्युत प्राधिकरण मकवानपुर शाखामा ज्ञापनपत्र बुझाएको छ। रास्वपाका RAT संयोजक महेन्द्र कुमार श्रेष्ठको नेतृत्वमा बुझाइएको ज्ञापनपत्रमा हेटौंडा क्षेत्र, आसपासको बजार र अन्य क्षेत्रहरूमा दिन र रातको समयमा पटक–पटक लोडसेडिङ हुँदा सर्वसाधारणदेखि व्यापार व्यवसायमा समेत गम्भीर असर परेको उल्लेख गरिएको छ। ज्ञापनपत्रमा विद्युत आपूर्ति व्यवस्थापनमा देखिएको चरम बेवास्ता र लापरवाहीले जनजीवन कष्टकर बनेको भन्दै तत्काल समाधान गर्न माग गरिएको छ। साथै, तत्काल सुधार नगरिए आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिइएको छ। ज्ञापनपत्र बुझ्दै नेपाल विद्युत प्राधिकरण मकवानपुर शाखाका वितरण प्रमुख शिवराम यादवले अबदेखि लोडसेडिङ नहुने…
Read More
हेटौंडा अस्पताल जोगाउन नागरिक दबाब, ९ वटा संगठनको संयुक्त प्रेस विज्ञप्ति सार्वजनिक

हेटौंडा अस्पताल जोगाउन नागरिक दबाब, ९ वटा संगठनको संयुक्त प्रेस विज्ञप्ति सार्वजनिक

हेटौंडा । बागमती प्रदेश सरकारले हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभ्ने निर्णयविरुद्ध ९ वटा विभिन्न राजनीतिक र सामाजिक संघसंस्थाहरूले संयुक्त रूपमा विरोध जनाएका छन्। वैशाख १ गते जारी संयुक्त प्रेस विज्ञप्तिमा उनीहरूले हेटौंडा अस्पताललाई स्वतन्त्र अस्तित्वमा सञ्चालन गर्न माग गरेका छन्। अखिल (समाजवादी) मकवानपुरका अध्यक्ष सुबास सी, समाजवादी विद्यार्थी युनियन मकवानपुरका अध्यक्ष सोम गोले, अनेरास्ववियु मकवानपुरका अध्यक्ष अरुण बर्तौला, अखिल (क्रान्तिकारी) मकवानपुरका अध्यक्ष बुद्ध अर्याल, युवा संघ नेपाल मकवानपुरका अध्यक्ष किरणमान बल, युवा संगठन नेपाल मकवानपुरका अध्यक्ष रमेश सी, RAT मकवानपुरका संयोजक महेशकुमार श्रेष्ठ, नेपाल तरुण दल हेउनपा मकवानपुरका उपाध्यक्ष हेमन्त थापा र समाजवादी युवा संघका सचिव ज्ञानबहादुर…
Read More
बकैया गाउँपालिकामा ५९ भूमिहीन तथा सुकुम्बासी परिवारलाई लालपुर्जा वितरण

बकैया गाउँपालिकामा ५९ भूमिहीन तथा सुकुम्बासी परिवारलाई लालपुर्जा वितरण

हेटौंडा । भूमि समस्या समाधान आयोग जिल्ला समिति मकवानपुर र बकैया गाउँपालिका गाउँकार्यपालिकाको संयुक्त आयोजनामा बकैया गाउँपालिकाका भूमिहीन तथा सुकुम्बासी परिवारलाई जग्गाधनी प्रमाण–पुर्जा (लालपुर्जा) वितरण गरिएको छ। बकैया गाउँपालिकाको वडा नं. ४ र वडा नं. ७ का गरी कुल ५९ जनालाई लालपुर्जा वितरण गरिएको हो। वडा नं. ४ को गाउँब्लकबाट १९ जनालाई र वडा नं. ७ का भूमिहीन, सुकुम्बासी तथा दलित समुदायका ४० जनालाई लालपुर्जा प्रदान गरिएको कार्यक्रमका आयोजकहरूले जनाएका छन्। विशेष समारोह गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेको सभाध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अतिथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी रहेका थिए। त्यस्तै, विशिष्ट अतिथिका रूपमा प्रतिनिधिसभा…
Read More
हेटौंडा अस्पताललाई एकलौटी बनाउन खोजेको भन्दै दलहरूको विरोध

हेटौंडा अस्पताललाई एकलौटी बनाउन खोजेको भन्दै दलहरूको विरोध

हेटौंडा । हेटौंडा अस्पतालको नाम फेरेर बागमती प्रदेश सरकार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पताल मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल नाम राखेपछी नेकपा एमाले बाहेक अरु दलहरुले यस विषयमा बिमती राख्दै आएका छन् । आइतबार केहि दलका युवाहरूले हेटौंडा अस्पताल पुगेर मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान नाम हटाएर हेटौंडा अस्पताल लेखिएको ब्यानर टागेर सान्केतिक बिरोध जनाएका थिए । युवाहरूले हेटौंडा अस्पताल साझा भएको र यो कुनै एक पार्टीको मात्र हुन नहुने भन्दै थोरै समय नाराबाजी समेत गरेका थिए । युवाहरुले अस्पतालमा बिरामी उपचार गर्न आउछन् त्यस कारण यो हाम्रो शान्तिपुर्ण साङ्केतिक विरोध हो यसलाई सानो रुपमा नलिन…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.