हेटौंडा अस्पताललाई एकलौटी बनाउन खोजेको भन्दै दलहरूको विरोध

हेटौंडा । हेटौंडा अस्पतालको नाम फेरेर बागमती प्रदेश सरकार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पताल मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल नाम राखेपछी नेकपा एमाले बाहेक अरु दलहरुले यस विषयमा बिमती राख्दै आएका छन् ।

आइतबार केहि दलका युवाहरूले हेटौंडा अस्पताल पुगेर मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान नाम हटाएर हेटौंडा अस्पताल लेखिएको ब्यानर टागेर सान्केतिक बिरोध जनाएका थिए । युवाहरूले हेटौंडा अस्पताल साझा भएको र यो कुनै एक पार्टीको मात्र हुन नहुने भन्दै थोरै समय नाराबाजी समेत गरेका थिए ।

युवाहरुले अस्पतालमा बिरामी उपचार गर्न आउछन् त्यस कारण यो हाम्रो शान्तिपुर्ण साङ्केतिक विरोध हो यसलाई सानो रुपमा नलिन सुझाव दिएका थिए । कार्यक्रममा नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (यश), बिप्लब माओवादी, रास्वपा लगायतका पार्टीका युवा नेताहरूको ऐक्यबद्धता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.