मकवानपुर । प्रेस चौतारी नेपाल बागमती प्रदेशको दोस्रो अधिवेशन चितवनमा सम्पन्न भएको छ। अधिवेशनले तिलकराम रिमाललाई अध्यक्ष पदमा निर्वाचित गरेको छ।
अधिवेशनबाट उपाध्यक्षमा प्रज्ज्वल पौडेल र तारादेवी बस्नेत, महासचिवमा प्रकाश दाहाल, कोषाध्यक्षमा रामशरण दुलाल चयन भएका छन्।
त्यसैगरी, सचिव पदमा गोविन्द घिमिरे, भोला पौडेल, लक्ष्मण घिमिरे, नवराज श्रेष्ठ, रूपक कोइराला र जगत तामाङ निर्वाचित भएका छन्।
कार्यसमिति सदस्यका रूपमा मकवानपुरबाट प्रतिनिधित्व गर्दै विवश अधिकारी, आरती ढकाल, रविन ढुंगाना, सुनिता विष्ट र रुपक कालिराज चयन भएका छन्।
प्रतिकृया दिनुहोस्