पदम पोखरीमा चितुवाको आतंक, चितुवा नियन्त्रणमा लिन खोर र क्यामरा राखियो

मकवानपुर । हेटौंडाको पदमपोखरिमा चितुवा आतंक बढेको छ । गत पुस २७–२८ गतेको बिचमा राती हेटौंडा १३ आदामार (लोप्चन टोल) निवासी पूर्णसिंह लोप्चनको खोरबाट २६ दिनको सुत्केरी बाख्रा तानेर खाएपछि लोप्चन परिवार त्रसित छन् ।

‘‘पदम्पोखरीमा बाघ आयो, बाघ आयो भनेको हल्ला सुन्दा त्यति पत्याएको थिइनँ आफ्नो घरको खोरबाट बाख्रा तानेर खएपछी भने बाघ आएको पत्याएको हुँ’’, प्रविन लोप्चनले बताए । ‘‘वन नजिकै घर भएकोले स–साना बच्चा, ठुलालार्इ समेत बिहान–साँझ हिँड्डुल गर्न गाह्रो भएको छ’’ लोप्चनले भने । गाउँलेहरुले बाघ हो भनेता पनि राष्ट्रिय आरक्षण समुहका एक अधिकारीले ठूलो चितुवा भएको दाबी गरेको लोप्चनले बताए ।

बाख्रा खाएपछि चितुवा नियन्त्रणको लागि आरक्षण कार्यालयले फलामे खोर राखेको छ । ‘‘खोरभित्र राती घाँस सहित बाख्राको पाठा राखेपछी पाठा कराएको आवाज सुनेर चितुवा खोरभित्र पस्छ र अटोमेटिक खोरको ढोका बन्द हुने र पाठालार्इ पनि त्यति नोक्सान नहुने खालको खोरलार्इ बाहिर वरिपरि मकैको सुकेको पत्तासहितको ढोँडले ढाकेर राखिएको छ र चितुवा खोरमा परेको–नपरेको थाहा पाउनलार्इ दुर्इ वटा ट्रयापिङ्ग क्यामरा राखिको छ । तर चितुवा भने अहिलेसम्म नियन्त्रणमा आएको छैन’’, उनले भने ।

‘‘चितुवा नियन्त्रणमा नआएसम्म हामी सबैलाई डर भएको छ । घरमा स–साना केटाकेटी छन् , बाघ, चितुवाले तान्लाकी , ठुलालाइ आक्रमण गर्लाकी डरैडरमा बस्नुपरेको छ’’ सुनितामाया लोप्चनले दुःखेसो पोखिन् । ‘‘वनमा आरक्षणले दिएको काँडेतारले बारेको छ त्यो सुरक्षाको लागि पर्याप्त छैन । तारको जाली भए हुन्थ्यो’’ लोप्चन परिवारको माग छ ।

विभिन्न समाचार माध्यमका अनुसार पदमपोखरीमा अहिलेसम्म एक गाई, दुईवटा कुकुर, सत्ताइस वटा बाख्रा बाघ अथवा चितुवा जंगली जनावरले मारिसकेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.