२०८१ माघ ३, बिहीबार १७:३० गते
२०८१ माघ ३, बिहीबार १७:३० गते
मकवानपुर । हेटौंडाको पदमपोखरिमा चितुवा आतंक बढेको छ । गत पुस २७–२८ गतेको बिचमा राती हेटौंडा १३ आदामार (लोप्चन टोल) निवासी पूर्णसिंह लोप्चनको खोरबाट २६ दिनको सुत्केरी बाख्रा तानेर खाएपछि लोप्चन परिवार त्रसित छन् । ‘‘पदम्पोखरीमा बाघ आयो, बाघ आयो भनेको हल्ला सुन्दा त्यति पत्याएको थिइनँ आफ्नो घरको खोरबाट बाख्रा तानेर खएपछी भने बाघ आएको पत्याएको हुँ’’, प्रविन लोप्चनले बताए । ‘‘वन नजिकै घर भएकोले स–साना बच्चा, ठुलालार्इ समेत बिहान–साँझ हिँड्डुल गर्न गाह्रो भएको छ’’ लोप्चनले भने । गाउँलेहरुले बाघ हो भनेता पनि राष्ट्रिय आरक्षण समुहका एक अधिकारीले ठूलो चितुवा भएको दाबी गरेको लोप्चनले बताए । बाख्रा खाएपछि चितुवा नियन्त्रणको…