हेटौँडा १० मा दोश्रो घरेलु उत्पादन प्रर्दशनी तथा साँस्कृतिक कार्यक्रम हुने

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० को आयोजनामा दोश्रो घरेलु उत्पादन प्रर्दशनी तथा साँस्कृतिक कार्यक्रम हुने भएको छ ।

बुधबार वडा कार्यालयमा पत्रकार सम्मेलनको आयोजनामा गर्दै आउँदो माघ ११ र १२ गते हुने कार्यक्रम तालिकाबारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा वडा अध्यक्ष फुर्वा दोर्जे लामाले स्थानीय रुपमा उत्पादित वस्तुहरुलाई प्रबद्र्धन, बजारीकरण र स्वरोजगार सिर्जनामा सहयोग पु¥याउने उद्देश्यले प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।

प्रदर्शनीमा उपमहानगरका १९ वटै वडाका घरेलु तथा हस्तकला, कृषि, ढाकाबाट बनेका समानहरुको प्रदर्शनी तथा बिक्रि वितरण गरिने छ । दुईदिने प्रदशनीमा एक सय वटा स्टलहरु राखिने र व्यवसायीहरुलाई स्टल निःशुल्क उपलब्ध गराइने वडा अध्यक्ष लामाले बताउनुभयो । साथै कार्यक्रममा स्थानीय जातजातिको भेषभुषा र सँस्कृतिलाई संरक्षण गर्ने उद्देश्यले कला, सँस्कृति झल्किने नृत्य प्रतियोगिताको आयोजना गरिने भएको छ ।

नृत्यमा प्रथम हुने ५० हजार, द्वितीय हुने ३५ हजार र तृतिय हुनेले २० हजार प्राप्त गर्नेछ । त्यस्तै सान्त्वना हुने ४ समुहलाई प्रति समूह ५ हजार पुरस्कार दिईने भएको छ । प्रर्दशनी तथा साँस्कृतिक कार्यक्रमलाई सभ्य र भव्य बनाउन ५७ सदस्यीय १ मूल समिति र ६ वटा उपसमितिहरु गठन गरिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.